आँचलको वक्तृत्वकलामा आकाङ्क्षा निरौला प्रथम

मकवानपुर, ५ वैशाख । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० कार्यालयको आर्थिक सहयोग तथा आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा पारिजात स्मृति दिवसको सन्दर्भमा ‘नेपालको सामाजिक रूपान्तरणमा राजनीतिक आन्दोलनको भूमिका’ विषयक खुला वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरेको छ । बागमती प्रदेहका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० का […]

कविडाँडाको अध्यक्षमा पुनः एलबी क्षेत्री सर्वसम्मत

भरतपुर, ५ वैशाख । कविडाँडा साहित्य समाजको अध्यक्षमा पुनः एलबी क्षेत्री सर्वसम्मत भएका छन् । समाजको यसै साता सम्पन्न विशेष अधिवेशनले क्षेत्रीलाई अध्यक्ष पदमा निरन्तरता गराएको हो । अधिवेशनले उपाध्यक्षमा सीताराम कोइराला, सचिवमा लेखराम सापकोटा, कोषाध्यक्षमा नवराज ढुङ्गाना र सदस्यमा रामकृष्ण अनायासलाई चयन गरेको छ । संस्थालाई संस्थागत गराउन संस्थाको नवीकरण प्रक्रियालाई अद्यावधिक गर्ने, लेखा […]

१५० किलो गाँजासहित मकवानपुरबाट ७ जना पक्राउ

मकवानपुर, ५ वैशाख । इलाकी प्रहरी कार्यालय मकवानपुर नेवारपानीले गाँजा ओसारपसारमा सहभागी भएको आरोपमा २ किशोर सहित ७ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरूको साथबाट १५० किलो गाँजा नियन्त्रणमा लिएको छ । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ४ माथिल्लो मसिने भन्ने स्थानको पर्सा राष्ट्रिय निकुञ्जको कोर इलाका नजिक रहेको मध्यवर्ति सामुदायीक वनमा पर्सा राष्ट्रिय निकुन्ज […]

हेटौंडा मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ लाई

मकवानपुर, ५ वैशाख । हेटौंडामा भएकाे चौथो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ काे पोल्टामा परेकाे छ । बुधबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएकाे खेलमा सडनडेथमा वडा नम्बर ४ ले र वडा नम्बर १४ लाई ६–५ गोल अन्तरले पाखा लगाउंँदै उपाधि जितेकाे हाे । उपाधिसँगै वडा नम्बर ४ ले २ लाख […]

डाक्टर महेश मास्केलाई पारिजात स्मृति साहित्य सम्मान- २०८० प्रदान

मकवानपुर, ५ वैशाख । मकवानपुरकाे हेटौंडामा साहित्यकार एवम् स्वास्थ्यसेवी डाक्टर महेश मास्केलाई पारिजात स्मृति साहित्य सम्मान- २०८० प्रदान गरिएको छ । ३१ औँ पारिजात स्मृति दिवसको अवसरमा बुधबार हेटौंडामा आयोजित कार्यक्रमकाबीच साहित्यकार पारिजातको स्मृतिमा स्थापित उक्त सम्मान डाक्टर मास्केलाई प्रदान गरिएको हो । साहित्य सङ्गम मकवानपुर र आदर्श टोल विकास संस्थाले हेटौंडा–१० नम्बर वडा कार्यालयसँगको […]

‘अधुरा क्रान्ति’ उत्पीडनमा परेका जनताको पीडाको पुलिन्दा हो : महतो

काठमाडौँ, ५ वैशाख । पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको राजनीतिक जीवनी ‘अधुरा क्रान्ति’ पुस्तकको विमोचन भएको छ । पुस्तकको विमोचन बुधबार काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको हो । महतोले आफ्नो पुस्तकमा मधेशी जनताले भोग्नुपरेको जातीय विभेद तथा उत्पीडनलाई महत्त्वका साथ उल्लेख गरेका छन् । “मैले हालसम्म जे देखेँ, जे कुरा भोगेँ, ती सबै कुरालाई पुस्तकमा उतार्ने […]

साहित्य सङ्गमले मनायो ३१औँ पारिजात स्मृति दिवस

भरतपुर, ५ वैशाख । ३१औँ पारिजात स्मृति दिवसको सन्दर्भमा साहित्य सङ्गम चितवनले स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरस्थित नारायणी माविको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको सभाध्यक्ष साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईँ थिए । कार्यक्रममा पारिजातको व्यक्तित्व र कृतित्वमाथि समालोचक डी. आर. पोखरेलले मन्तव्य राख्दै पारिजात जस्तो महान लेखकलाई आज वैयक्तिक जीवनका कतिपय सन्दर्भलाई […]