साहित्य सङ्गमले मनायो ३१औँ पारिजात स्मृति दिवस

भरतपुर, ५ वैशाख ।

३१औँ पारिजात स्मृति दिवसको सन्दर्भमा साहित्य सङ्गम चितवनले स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

भरतपुरस्थित नारायणी माविको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको सभाध्यक्ष साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईँ थिए । कार्यक्रममा पारिजातको व्यक्तित्व र कृतित्वमाथि समालोचक डी. आर. पोखरेलले मन्तव्य राख्दै पारिजात जस्तो महान लेखकलाई आज वैयक्तिक जीवनका कतिपय सन्दर्भलाई अतिरञ्जित गरी खुइल्याउने काम भएकोमा आपत्ति प्रकट गरे । पारिजात नेपाली साहित्यको दुर्लभ प्रतिभाका साथै बहुआयामिक क्षमताले भरिपूर्ण व्यक्तित्व भएकाले उनको जीवनबाट बहुआयामिक सिकाई हासिल गर्न सकिने पोखरेलको भनाइ थियोे ।

कार्यक्रममा रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे, गैंडाकोट प्रज्ञा प्रतिष्ठानका उपकुलपति साहित्यकार गोविन्दराज विनोदी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य रामहरि श्रेष्ठ लगायतले मन्तव्य प्रकट गरेका थिए ।

कार्यक्रममा गजाधर डिकुरीदेवी चेतकान्त चापागाईं स्मृति पुरस्कारबाट साहित्यकार केशवराज आमोदी, नेत्रमाया मुक्तिनाथ भट्टराई स्मृति पुरस्कारबाट समालोचक पूर्णप्रसाद अधिकारी तथा गणेश लक्ष्मी खड्गनारायण स्मृति नारी प्रतिभा पुरस्कारबाट अनुसन्धाता डा. हरिमाया शर्मा सम्मानित भएका छन् । सम्मानित स्रष्टाहरुलाई जनही बीस हजार एक सय रूपैयाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मानितहरुको व्यक्तित्वबारे समीक्षक रमेश प्रभात तथा गणेशकुमार श्रेष्ठले प्रकाश पारेका थिऐ । साहित्य सङ्गम चितवनका उपाध्यक्ष राजेन्द्र घायलले स्वागत मन्तव्य राखेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट