प्रभावकारी भएन मतदाता शिक्षा

भरतपुर,१६ मंसिर ।

चितवनमा मतदाता शिक्षा प्रभावकारी हुन सकेको छैन । पूर्व कर्मचारी सेवा परिषद् जिल्ला शाखा चितवनले भरतपुरमा आयोजना गरेको मतदाता शिक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताले प्रभावकारी नभएको गुनासो गरेका छन् ।
उनीहरुले मत बदर नहोस् भन्नका लागि घर–घरमा गएर सिकाइने मतदाता शिक्षा समय अभावको कारणले प्रभावकारी नभएको बताएका हुन् । पूर्व राष्ट्रसेवक संगठन राष्ट्रिय समन्वय परिषद् नेपालका महासचिव तारानाथ सुवेदीले मतदाता शिक्षा कार्यक्रमलाई सकारात्मक बाटोमा पूर्व राष्ट्रसेवक कर्मचारीहरु सबैले लैजानुपर्ने बताए ।
उनले राजनीतिक दलहरुलाई यो समयमा नहेरी सरकारले तोकेको ठाउँमा गएर मतदाता शिक्षालाई कर्तव्यको पालना गरी इमानदारीपूर्वक प्रभावकारीरुपमा अघि बढाउन सुझाव दिए । निर्वाचन आयोगले दिएको तालिमलाई सदुपयोग गरी राष्ट्रलाई सहयोग गर्नका लागि मतदाता शिक्षा कार्यक्रम अघि बढाउनुपर्ने बताए । संगठनका कर्मचारीले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउन लागिपर्ने प्रतिबद्धता जनाए । सेवा निवृत्त राष्ट्रसेवक कर्मचारी संघका अध्यक्ष कृष्णप्रसाद धितालले सेवा निवृत्त कर्मचारीहरुले भूगोलको हिसाबले दलगत स्वार्थबाहेक धेरै समय मतदाता शिक्षा कार्यक्रममा खटिरहेको बताए ।
निवृत्त शिक्षक समाजका अध्यक्ष हरिराज पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मतपत्र अलग–अलग भएको र समानुपातिकतर्फको मतपत्र एउटै कागजमा तल र माथि छाप लगाउनुपर्ने भएकोले यसमा नै मतदाताहरु झुक्किने हुनाले यस विषयमा मतदातालाई राम्ररी बुझाउनुपर्ने बताए । उनले मतदाता शिक्षा कार्यक्रम ढिला सुरु भएको र ढिलै भएपनि कसरी प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित भएको बताए । पूर्व प्रहरी राष्ट्रसेवक संगठन चितवनका अध्यक्ष चक्रबहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गरेकोे कार्यक्रम श्यामजी अतिथिको अध्यक्षतामा भएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट