भरतपुर भ्रमणमा आउन प्रवासी नेपालीलाई मेयर दाहालको अनुरोध

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुर महानगरमा भ्रमण गर्न प्रवासीहरुलाई आव्हान गरेकी छन् ।

स्पेनको बार्सिलोनामा नेपाली जनप्रगतिशील मञ्च युरोपको ५ औँ महाधिवेशनलाई सम्बोधन गर्दै मेयर दाहालले प्रवासी नेपालीलाई भरतपुर घुम्न आउन आग्रह गरेकी हुन् । “यहि वर्ष भरतपुर घुमौँ, आफन्तीलाई पनि भनौँ”, दाहालले ले भनिन्, “युरोपबाट समेत पर्यटक लैजाने गरी कार्यक्रम र प्रचार गरौँ ।”

सोही समारोहलाई सम्बोधन स्पेनस्थित नेपाली राजदूत शर्मिला पराजुली ढकालले स्पेनबाट कम्तिमा १ लाख पर्यटक नेपाल जाने वातावरण बनाउन पहल भैरहेको बताइन् ।” वर्षमा कम्तिमा १ लाख पर्यटक स्पेनबाट गएर घुमुन्, भरतपुरमा सक्दो पर्यटक पठाउनेछौँ”, उनले भनिन्, “मेयर दाहालको नेतृत्वले उज्यालो नेपाल बन्ने महसुस भएको छ, उहाँको जस्तै मिहेनत हरेक पालिकाहरुमा होस्, विकासका एजेन्डामा सबै मिलुन् ।”

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट