एक्सपर्ट एजुकेशन कन्क्लेभमा विद्यार्थीको भिड

चितवन, ५ चैत ।
उच्चशिक्षा अध्ययनका विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी भरतपुरमा सोमबार आयोजित एक्सपर्ट एजुकेशन कन्क्लेभमा विद्यार्थीको भिड लागेको छ ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा भरतपुर–१०,स्थित बेस क्याम्पमा आयोजित एक्सपर्ट एजुकेशन कन्क्लेभमा विद्यार्थीको उल्लेख्य सहभागीता रहेको थियो । बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म चलेको कन्क्लेभमा विद्यार्थी तथा अभिभावकको भिड लागेको थियो ।

कन्क्लेभमा अष्ट्रेलिया, युके, न्यूजील्याण्ड र आयरल्याण्डका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुबाट विद्यार्थीहरुले प्रत्यक्ष रुपमा परामर्श लिएको एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । ‘कन्क्लेभमा विद्यार्थीहरुको सहभागीताले हामी निकै उत्साहित छौँ, सहभागी सबै विद्यार्थी तथा अभिभावकहरुमा धन्यवाद प्रकट गर्दछु’– प्रबन्ध निर्देशक अधिकारीले भने ।

पछिल्लो समय विद्यार्थीको रोजाइ अष्ट्रेलिया, क्यानडा, युकेसंगै न्यूजील्याण्ड, युएसए र आयरल्याण्डतर्फ पनि बढ्दै गइरहेको छ । चितवनमा पहिलोपटक आयरल्याण्डका कलेज तथा विश्वविद्यालयबाट पनि परामर्श लिन पाउँदा विद्यार्थीहरु खुशी देखिएका थिए ।

कन्क्लेभमा सहभागी हुनेले विभिन्न उपहारहरु समेत पाएका थिए । लक्की ड्र मार्फत सहभागीहरुले खेलाडीहरुको हस्ताक्षरसहितको डिआरएसको जर्सी, मौलाकाली केबल, स्केटिङ, नारायणीमा बोटिङलगायतका उपहार पाउँदा दंग परेका थिए ।

सोही कार्यक्रममा पब्जी खेलका लागि युवापुस्ता माझ निकै नै लोकप्रिय गेमिङ टिम डिआरएसका खेलाडीहरुको समेत उपस्थितिले विद्यार्थीहरुमा उत्साह बढाएको थियो ।

डिआरएसको खेलाडीसँग अन्तरक्रिया तथा फोटो खिचाउन पाउँदा भरतपुर–१६ का सुदिप थापा मगर दंग परे । ‘टिभी तथा युट्युवमा धेरैजसो देख्ने खेलाडीलाई आफ्नै आँखा अगाडि देख्न पाउँदा धेरै नै खुशी लाग्यो, यो अवसर जुटाई दिने एक्सपर्ट चितवनलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु’–कन्क्लेभमा सहभागी युवा सुदिपले भने ।

नारायणगढका रुद्राक्ष जोशी पनि डिआरएसका खेलाडीहरुको जर्सी हस्ताक्षरसहित पाउँदा खुशी प्रकट गरे । ‘एक्सपर्टलाई मेरो स्पेशल थ्याङक्स, खेलाडीहरुको हस्ताक्षरसहितको जर्शी पाए त्यसैमा धेरै खुशी छु’ –जोशीले भने ।

डिआरएसका अप्रेशन प्रमुख संगीन भट्टराईले विद्यार्थीहरुको सवालको जवाफ दिएका थिए । कार्यक्रमको अन्तिममा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुलाइ एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले धार्मिक ग्रन्थ ‘भगवतगीता’ उपहार प्रदान गरेका थिए ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् ।

एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसँगै आइइएलटिएस÷पीटीइ कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट