नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा शिवसागर शर्मा निर्वाचित

काठमाडौं, १९ फागुन ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको राष्ट्रिय अध्यक्षमा शिवसागर शर्मा निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट शर्मा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । निर्वाचित अध्यक्ष शर्मा गुडविल पब्लिकेसन्सका सञ्चालक हुन् ।

अधिवेशनमा अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी रहेको थियो । कुल ५११ खसेको मतमा शर्माले ३२३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी दिवाकर घिमिरेले १०२ र ऋषिराम शर्माले ८६ मत प्राप्त गरे ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, बुद्धिप्रसाद अधिकारी र सरोज मास्के, महासचिवमा विष्णुप्रसाद पौडेल, उप-महासचिवमा अर्जुनप्रसाद आचार्य, कोषाध्यक्षमा ताराराम श्रेष्ठ, सचिवमा महेश शर्मा र शम्भु लामिछाने साथै महिला सचिवमा कोपिला गिरि निर्वाचित भएका छन् । त्यसैगरी सह-कोषाध्यक्षमा रविन बराल निर्वाचित भए । त्यसैगरी लेखा संयोजकमा कृष्णराम कार्की र लेखा सदस्यमा कुमार थापा र धर्मराज घिमिरे निर्वाचित  छन् ।

त्यसैगरी एसोसिएट सदस्य स्टेसनरीतर्फ रमेशकुमार भण्डारी, एसोसिएट सदस्य प्रकाशकतर्फ पुरुषोत्तम दाहाल, खुल्ला सदस्यतर्फ किसान श्रेष्ठ, किशोरकुमार आचार्य, रामचन्द्र अधिकारी, राजन फुँयाल, रामकृष्ण चापागाईं, सुविन मानन्धर, जगतप्रसाद शर्मा चयन भएका छन् ।

कार्यसमिति सदस्य भूगोलतर्फ कोशी प्रदेशबाट राजमणि गौतम, मधेस प्रदेशबाट नितेशकुमार साह, वागमती प्रदेशबाट हरिप्रसाद पौडेल, गण्डकी प्रदेशबाट देवलाल काफ्ले, लुम्बिनी प्रदेशबाट लालमणि लम्साल, कर्णाली प्रदेशबाट गणेशबहादुर रोकाया र सुदुरपश्चिम प्रदेशबाट शंकरबहादुर कठायत चयन भएका छन् ।

त्यसैगरी महिला सदस्यमा मन्दिरा पाण्डे र रीता पुलामी, स्टेसनरी खुल्ला सदस्यतर्फ भीमप्रसाद आचार्य, योगेन्द्रबहादुर शाही, रामबहादुर अधिकारी (रामु), रेश्मी न्यौपाने र होमनाथ पाण्डे चयन भएका छन् ।

राजधानी काठमाडौंस्थित राष्ट्रिय सभागृहमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको महाधिवेशनले आगामी दुई वर्षका लागि कुल ३८ जनाको कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष शर्माले पत्रकारसँग कुरा गर्दै आफ्नो कार्यकालमा महासंघको गरिमालाई बढाउँदै सम्पूर्ण पुस्तक तथा स्टेसनरी व्यवसायीका समस्या समाधानमा प्रयासरत रहने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट