नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा शिवसागर शर्मा निर्वाचित

काठमाडौं, १९ फागुन । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको राष्ट्रिय अध्यक्षमा शिवसागर शर्मा निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट शर्मा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । निर्वाचित अध्यक्ष शर्मा गुडविल पब्लिकेसन्सका सञ्चालक हुन् । अधिवेशनमा अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी रहेको थियो । कुल ५११ खसेको मतमा शर्माले […]

रंगशाला निर्माण गर्छु : प्रमुख दाहाल

भरतपुर, १९ फागुन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्छु भन्ने वाचा पूरा भएको बताएकी छन् । विद्यालयस्तरीय मेयर्स कप क्रिकेट लिग प्रतियोगिताको समापन गर्दै उनले रंगशाला परिसरमा आउँदा दिने गरेको वाचा पूरा भएको प्रष्ट पारिन् । प्रमुख दाहालले २ दिन अगाडि टेण्डरको आह्वान भएकाले केही महिनाभित्र निर्माण कार्य सुरु हुने […]

न्यायालयको पुनःसंरचना गर्नुपर्नेमा कानुन व्यवसायीको जोड

चितवन, १९ फागुन । नेपालको न्यायालय एकात्मक पद्धतिमा सञ्चालन भइरहको भन्दै कानुन व्यवसायीहरुले न्यायालय पुनःसंरचना हुनुपर्नेमा जोड दिएका छन् । चितवन जिल्ला अदालत बार एसोसिएसनको स्वर्ण महोत्सवको अवसर पारेर शनिबार भरतपुरमा भएको कार्यक्रमका वक्ताहरुले मुलुकमा सङ्घीयता आएपनि न्यायालय पुरानै संरचनाअनुसार सञ्चालन भएको बताए । अन्तरक्रियाका क्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष एवं नेपाल बार काउन्सिलका उपाध्यक्ष […]

भरतपुर मेयर्स कप क्रिकेटको उपाधि अर्किडलाई

भरतपुर, १९ फागुन । भरतपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको रनिङ ट्रफी अर्किड स्कुलले हात परेको छ । शनिबार सम्पन्न फाइनल खेलमा वाल्मीकि शिक्षा सदनलाई २० रनले पराजित गर्दै अर्किड रनिङ ट्रफी हात पार्ने पहिलो टिमका रुपमा नाम लेखाउन सफल भएको हो । भरतपुर महानगरपालिकाले आयोजनामा माघ २६ गतेबाट सुरु भएको प्रतियोगितामा महानगरभित्रका १० सामुदायिक र १० […]

नेदरल्यान्ड्सविरुद्ध नेपालको शानदार जित

काठमाडौं, १९ फागुन । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत नेदरल्यान्ड्समाथि नेपालले शानदार जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको हो । सिरिजमा नेपालको यो दोस्रो जित हो । नेपालले दुई खेलमा भने पराजय भोगेको छ । शनिबारको खेलमा नेपालले १ सय २१ रनको लक्ष्य […]

अनेसास हिरो -२०२४ को घोषणा

भरतपुर, १९ फागुन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको उदेश्य बमोजिम नेपाली भाषा र साहित्यको विस्तारमा उल्लेख्य योगदान पुर्‍याए वापत न्यूह्यामसायरका ईश्वरी भट्टलाई ‘अनेसास हिरो- २०२४ अर्पण गरिने भएको छ । अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो । अनेसास न्यूह्यामसायरको स्थापना कालदेखिनै च्याप्टरमा सक्रिय रहेर अनुजलाई प्रोत्साहन, अग्रजलाई […]