अनेसास जापानको अध्यक्षमा चितवनका अरुण पौडेल निर्विरोध

भरतपुर, २६ मंसिर ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको १३ औँ अधिवेशन तथा ६७ औँ नियमित साहित्य शृङ्खला टोकियोमा एक समारोहकाबिच सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रविन शर्माको अध्यक्षता तथा जापानका लागि नेपाली राजदूत महामहिम डाक्टर दुर्गाबहादुर सुवेदी क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले २०२३ देखि २०२५ का लागि अरुण पौडेलको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । पौडेल चितवनको भरतपुर महानगरपालिका वडा नम्बर-२० निवासी हुन् । उनी १० वर्षदेखि जापानमा रहेर रोजगारीसँगै नेपाली भाषा, साहित्यको संरक्षण र सम्बर्द्धनमा क्रियाशील छन् । उनका `बाडुल्की र यादहरू´ मुक्तकसङ्ग्रह (२०७२) र स्ताटससङ्ग्रह (२०७५) गरी दुई वटा पुस्तक प्रकाशित छन् । पौडेल चितवन साहित्य परिषद्मा पनि आवद्ध छन् ।

समितिको वरिष्ठ उपाध्यक्षमा आनन्द अधिकारी सहित उपाध्यक्षमा दीपा घिमिरे र शरद पोख्रेल रहेका छन् । महासचिवमा अनिलकुमार निर्दोष निर्वाचित भए भने कोषाध्यक्षमा मञ्जु गिरी वन र सहकोषाध्यक्षमा सरिता चौधरी निर्वाचित भएका छन् । सचिवमा केबी पारखी, मनोज मौसम केसी र संगिता कुवँरलाई निर्वाचित गरिएको छ भने सदस्यहरूमा नारायण पोख्रेल, सरोज घिमिरे, बिनिशा सापकोटा, सुरज हुक्पा चोङ्वाङ, भगवती क्षेत्री, सुविन न्यौपाने, यमलाल कँडेल, केशव ज्ञवाली, प्रेम पौडेल निर्वाचित भएका छन् । नयाँ कार्यसमितिको पहिलो बैठकले दुई जना सदस्य मनोनयन गर्ने जानकारी संस्थाका संरक्षक तथा निर्वाचन समितिका संयोजक दिनेशराज ज्ञवालीले जानकारी दिए ।

कार्यक्रममा उपस्थित सर्जकहरूले आआफ्ना रचना वाचन गरेका थिए । संस्थाका संरक्षक तथा निवर्तमान केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले अनेसास जापानको विगत, वर्तमान र भविष्य विषयमा आफ्नो टिप्पणी राखेका थिए । पूर्वअध्यक्ष आलोक चालिसे, दिनेशराज ज्ञवाली, पूर्वअध्यक्ष तथा बिओटी उपसभापति बिष्णुप्रसाद घिमिरे, पूर्वअध्यक्ष तथा केन्द्रीय सचिव दीप पाठक, पूर्वअध्यक्ष गिरिजा गैह्रेलगायतले आआफ्ना रचना वाचन सहित पुरानो कार्यसमितिलाई सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकामा हार्दिक बधाइ दिँदै नयाँ कार्यसमितिलाई बधाइ तथा शुभकामना प्रदान गरेका थिए ।

संस्थाको १३औँ अधिवेशनको अवसर पारेर नेपाली पत्रकारिताका माध्यमबाट अनेसासलाई विभिन्न तरिकाले सहयोग पुर्‍याएको भन्दै जापानमा क्रियाशील पत्रकारहरूलाई कदरपत्रले सम्मान गरिएको थियो । साथै अनेसास जापानको मुखपत्र साकुरा फूल्दा -७ बालबालिका विशेषको विमोचन गरिएको थियो । करिब ६ घण्टासम्म चलेको कार्यक्रममा १०० भन्दा बढी साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण शरद पोख्रेलले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट