गैँडाकोट, २५ मंसिर ।
एसपीएम कलेजले छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थीलाई सम्मान गरेको छ । कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रभक्त अधिकारीको अध्यक्षतामा सोमबार सम्पन्न उक्त कार्यक्रममा गैँडाकोट खेलकुद समितिका उपाध्यक्ष लक्ष्मण कार्की प्रमुख अतिथि रहेका थिए । कार्कीले छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी र विजयी विद्यार्थीलाई सम्मान गर्ने पहिलो शैक्षिक संस्था एसपीएम भएको बताए ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख दीपेन्द्र पौडेलले आगामी दिनमा खेल क्षेत्रको विकासमा परिस्कृत ढंगले अघि बढ्ने बताए । कार्यक्रममा प्रजातान्त्रवादी प्राध्यापक संघ सभापति गोविन्द रिमालले शुभकामना मन्तव्य राखेका थिए । स्ववियू उपसभापति श्याम बाचेको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा शिक्षा शास्त्र संकाय प्रमुख माधवप्रसाद सिग्देल, स्ववियू सभापति विज्ञान न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नारायणी टोल विकास समितिका अध्यक्ष विष्णु गौतम, एकता टोल विकास समितिका अध्यक्ष किरणजंग केसी, समाजसेवी गौरवभक्त अधिकारी, प्राध्यापक संघ सभापति अर्जुन गिरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण विद्यार्थी सौरभ न्यापानेले गरेका थिए ।





