एक्सपर्ट एजुकेशन फेयर- २०२३ मंगलबार हेटौंडामा हुँदै

हेटौंडा, २५ मंसिर । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियालगायतका देश जान चाहने विद्यार्थीहरुका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज हेटौंडाले मंगलबार ‘एक्सपर्ट एजुकेशन फेयर–२०२३’ कार्यक्रम आयोजना गरेको छ । एक्सपर्टको आफ्नै कार्यालय हेटौंडा–४ पारिजातपथमा बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म फेयर हुने एक्सपर्ट हेटौंडा शाखा प्रमुख अच्युत चालिसेले जानकारी दिए । उनका अनुसार फेयरको सम्पूर्ण […]

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’

चितवन, २५ मङ्सिर भरतपुर अस्पतालमा बच्चा जन्माउनका लागि थप पाँच वटा ‘बर्थिङ स्वीट्स रुम’ थपिएका छन् । प्राकृतिकरूपमा बच्चालाई जन्मदिने सुविधासम्पन्न सो बर्थिङ युनिट थप गरिएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीका अनुसार रु एक करोडको लागतमा निर्माण गरिएको नयाँ युनिट प्रसूति भवनको नजिकै थप गरिएको हो । प्रसूतिका लागि अस्पताल आएका […]

माडी क्षेत्रलाई सुनको थाली बनाउन चाहेको छु : पाण्डे

माडी, २५ मंसिर । राप्रपा उपाध्यक्ष एवम् माडी क्षेत्र समेट्ने चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य विक्रम पाण्डेले माडी क्षेत्रको विकास गरी माडीलाई सुनको थाली बनाउन चाहेको बताएका छन् । माडीको बैकुण्ठे मेलामा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पाण्डेले भने – ‘माडीलाई विश्वको सबैभन्दा राम्रो बनाउने भनी हिँडेको हुँदा जबसम्म माडीको राम्रो विकास […]

परीक्षा बोर्डविरुद्ध कृषि विश्वविद्यालयका विद्यार्थीको रिले अनसन

भरतपुर, २५ मंसिर । आफूले निर्धक्कसँग परीक्षा दिएको विषयमा बारम्बार, सुनियोजित र मनपरी ढंगले विद्यार्थीलाई अनुत्तीर्ण गराएको भन्दै कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीले परीक्षा बोर्ड र विश्वविद्यालयसमक्ष उत्तरपुस्तिकाको प्रतिलिपि हेर्न पाउँ भनी आवाज उठाएका छन् । सर्वोच्च अदालतले दिएको अधिकारस्वरूप आवाज उठाइरहेका विद्यार्थीलाई विश्वविद्यालयले बेवास्ता गरेपछि पीडित विद्यार्थीहरुको तर्फबाट बनेको संघर्ष समितिले सोमबारदेखि रिले […]

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थीलाई एसपिएम कलेजले गर्‍यो सम्मान

गैँडाकोट, २५ मंसिर । एसपीएम कलेजले छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थीलाई सम्मान गरेको छ । कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रभक्त अधिकारीको अध्यक्षतामा सोमबार सम्पन्न उक्त कार्यक्रममा गैँडाकोट खेलकुद समितिका उपाध्यक्ष लक्ष्मण कार्की प्रमुख अतिथि रहेका थिए । कार्कीले छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी र विजयी विद्यार्थीलाई सम्मान गर्ने पहिलो शैक्षिक संस्था एसपीएम […]

लायन्सद्वारा धादिङमा नि:शुल्क स्वास्थ्य शिविर

धादिङ, २५ मंसिर । लायन्स क्लब अफ इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर नेपालमा आवद्ध नौवटा क्लबले संयुक्तरुपमा धादिङ नीलकण्ठ नगरपालिका- १४ धुवाँकोट गनेडाँडा स्थित गौरीशंकर आधारभूत विद्यालय परिसरमा नि:शुल्क स्वास्थ शिविर सम्पन्न गराएका छन् । लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आर नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गर्भनर लायन दिनानाथ न्यौपानेको प्रमुख आतिथ्यमा सप्पन्न भएको कार्यक्रमको विशेष […]

शर्माको `मीमांसाको सोपानमा रह´ सार्वजनिक

भरतपुर, २५ मंसिर । साहित्यकार रह शर्माको नवीनतम कृति `मीमांसाको सोपानमा रह´ सार्वजनिक गरिएको छ । नारायणगढस्थित सम्पूर्ण किताबमा सोमबार आयोजित कार्यक्रममा शर्माको पुस्तक सार्वजनिक गरिएको हो । शर्माको यो पुस्तक समीक्षात्मक लेखहरूको सङ्ग्रह हो । विभिन्न २१ वटा कृतिका समीक्षामूलक टिप्पणी यस सङ्ग्रह छन् । साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईं, नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञसभा […]

स्वास्थ्यमन्त्री बस्नेत र जोशीलाई सुनाइयो आँखा अस्पतालका समस्या

भरतपुर, २५ मंसिर । भरतपुर आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष जयराम श्रेष्ठले अस्पतालका समस्याबारेमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई अवगत गराएका छन् । सोमबार नारायणगढमा मन्त्री बस्नेतलाई भेट गरी आँखा उपचारमा अस्पतालले पुर्‍याएको योगदानसँगै देखिएका समस्याका बारेमा अवगत गराएका हुन् । सो क्रममा श्रेष्ठले स्वास्थ बीमाको ठूलो रकम निकासा नहुँदा नियमित अस्पताल सञ्चालनमा समेत समस्या भएको […]

पाहुना युवती ओछ्यान मै मृत भेटिइन्

मकवानपुर, २५ मंसिर । मकवानपुरमा पाहुना लाग्न गएकी एक युवती ओछ्यानमै मृत भेटिएकी छन् । जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर- ३ स्थित निर्मला बस्तीमा अन्दाजी २० वर्षीया कान्छी(बोलाउने नाम) प्रजा मृत भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । प्रहरीका अनुसार उनी हेटौंडा उपमहानगरपालिका वडा नम्बर- १७ हटियाबाट निर्मलाबस्तीस्थित आफन्त शान्ति प्रजाको घरमा […]

अस्पतालले मृत घोषणा गरेका व्यक्ति जीवितै

इटहरी, २५ मङ्सिर । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो । इनरुवाका सामाजिक […]