लायन्सद्वारा धादिङमा नि:शुल्क स्वास्थ्य शिविर

धादिङ, २५ मंसिर ।
लायन्स क्लब अफ इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर नेपालमा आवद्ध नौवटा क्लबले संयुक्तरुपमा धादिङ नीलकण्ठ नगरपालिका- १४ धुवाँकोट गनेडाँडा स्थित गौरीशंकर आधारभूत विद्यालय परिसरमा नि:शुल्क स्वास्थ शिविर सम्पन्न गराएका छन् ।

लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आर नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गर्भनर लायन दिनानाथ न्यौपानेको प्रमुख आतिथ्यमा सप्पन्न भएको कार्यक्रमको विशेष अतिथि नीलकण्ठ नगरपालिका वडा नम्बर- १४ का वडाअध्यक्ष नवराज दुवाडी, डिष्ट्रिक्ट एक्ज्यूकेटिभ कोचिफ लायन बालगोपाल चुके, चितवन मेडिकल कलेजका डाक्टर सुरेश श्रेष्ठ, कलस्टर नम्बर- ५ का कलस्टर चिफ लायन पुरन थापामगर , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर कार्की, विद्यालयका प्रधानाध्यापक घनश्याम श्रेष्ठ, धुवाँकोट स्वास्थ्य चौकीका प्रतिनिधि, नौवटा क्लबका अध्यक्ष तथा लायन लिडरहरु रहेको कार्यक्रममा जनप्रतिनिधि, स्थानीय, शिक्षक तथा स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि न्यौपानेबाट मेडिकल किट हस्तान्तरण गरी उद्घाटन गर्दै न्यौपानले जनसेवा नागरिकसम्म पुुग्ने यस्ता कार्यबाट लायन्सको गरिमा बढेको बताए । स्त्री तथा प्रसुति रोग, मधुमेह, पेट, छाती, हाडजोर्नी, मुटुरोग बाल स्वास्थ्य परिक्षण तथा नि:शुल्क औषधि वितरण तथा क्यान्सर सचेतना कार्यक्रमबाट ३७० जना स्थानीय सेवाग्राहीहरू लाभान्वित भएका थिए ।

कलस्टर नम्बर ५ अन्तर्गत रिजन १७ को संयोजनमा ९ वटा क्लबहरू (नारायणगढ बालकुमारी, चितवन यूथ, मंगलपूर, चितवन माउन्ट एभरेस्ट, चितवन वाङ्मय, भरतपुर मिट टाउन, चितवन रोयल, चितवन यूथ, लेडिज, चितवन महालक्ष्मी )को संयुक्त आयोजनामा रिजन १७ का रिजन चियरपर्सन लायन गोविन्द अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रमको व्यवस्थापन ठमबहादुर गुरुङ, औषधि संयोजक जोन चियर पर्सन लायन धर्मदत्त दवाडी, जोन चियर पर्सन लायन अमृत काफ्लेको प्रविधिक संयोजन रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट