स्वास्थ्यमन्त्री बस्नेत र जोशीलाई सुनाइयो आँखा अस्पतालका समस्या

भरतपुर, २५ मंसिर ।
भरतपुर आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष जयराम श्रेष्ठले अस्पतालका समस्याबारेमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई अवगत गराएका छन् । सोमबार नारायणगढमा मन्त्री बस्नेतलाई भेट गरी आँखा उपचारमा अस्पतालले पुर्‍याएको योगदानसँगै देखिएका समस्याका बारेमा अवगत गराएका हुन् ।

सो क्रममा श्रेष्ठले स्वास्थ बीमाको ठूलो रकम निकासा नहुँदा नियमित अस्पताल सञ्चालनमा समेत समस्या भएको बताए । यथासक्य छिटो बीमाको रकम निकासाका लागि आवश्यक पहल गरिदिन उनले अनुरोध गरे ।

अध्यक्ष श्रेष्ठले नेपाल नेत्रज्योति संघबाट सञ्चालित भरतपुर आँखा अस्पतालले चितवन र छिमेकी जिल्लामा उपचारमा पुर्‍याएको योगदानको बारेमा जानकारी गराएका थिए । दाताहरुकै कारण अस्पतालमा सुविधासम्पन्न भवन र उपकरणहरु थप भएको उनले जानकारी गराए ।

मन्त्री बस्नेतले आँखा उपचारमा भरतपुर आँखा अस्पतालको योगदान उच्च रहेको भन्दै बीमामा नयाँ व्यवस्थापन आएको र छिट्टै समस्या समाधान हुने बताए । आवश्यक पहल आफूले पनि गर्ने भन्दै उनले आँखा उपचारमा अरु विशिष्टकरण गरेर सेवा अघि बढाउन आग्रह गरे ।

उनले भने- `तपाईँहरुले इमान्दारिपूर्वक काम गरेकै कारण दाताहरुले सहयोग गर्नुभएको हो ।´ दाताहरुको सहयोगलाई सम्मान गर्दै आगामी दिनमा अस्पताललाई अझ राम्रो बनाउन उनको सुझाव थियो ।

अध्यक्ष श्रेष्ठले सोमबार नै बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीलाई समेत भेट गरी स्वास्थ्य बीमाको रकम रोकिँदा भएको समस्याका बारेमा जानकारी गराएका छन् । सो क्रममा मन्त्री जोशीले बीमा बोर्डका अधिकारीहरुलाई टेलिफोन गरी सामुदायिक संस्था भएकाले प्राथमिकता दिएर बजेट निकासा गरिदिन आग्रह गरेका छन् ।

पछिल्ला वर्षहरुमा भरतपुर आँखा अस्पतालले राजधानी बाहिर उत्कृष्ट सेवा दिँदै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट