मकवानपुर, २५ मंसिर ।
मकवानपुरमा पाहुना लाग्न गएकी एक युवती ओछ्यानमै मृत भेटिएकी छन् । जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर- ३ स्थित निर्मला बस्तीमा अन्दाजी २० वर्षीया कान्छी(बोलाउने नाम) प्रजा मृत भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उनी हेटौंडा उपमहानगरपालिका वडा नम्बर- १७ हटियाबाट निर्मलाबस्तीस्थित आफन्त शान्ति प्रजाको घरमा गएकी थिइन् । शनिबार बेलुका खाना खाएर एक्लै कोठामा सुतेकी कान्छी बिहान आफन्त उठेर हेर्दा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक युवतीको शरिरमा चोटपटक देखिएको छैन । शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याईएको प्रहरीले जनाएको छ ।





