भरतपुर, २५ मंसिर ।
आफूले निर्धक्कसँग परीक्षा दिएको विषयमा बारम्बार, सुनियोजित र मनपरी ढंगले विद्यार्थीलाई अनुत्तीर्ण गराएको भन्दै कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीले परीक्षा बोर्ड र विश्वविद्यालयसमक्ष उत्तरपुस्तिकाको प्रतिलिपि हेर्न पाउँ भनी आवाज उठाएका छन् ।
सर्वोच्च अदालतले दिएको अधिकारस्वरूप आवाज उठाइरहेका विद्यार्थीलाई विश्वविद्यालयले बेवास्ता गरेपछि पीडित विद्यार्थीहरुको तर्फबाट बनेको संघर्ष समितिले सोमबारदेखि रिले अनसन सुरु गरेको छ । आफ्नै विश्वविद्यालयका विद्यार्थीहरुको यस्तो अवस्था सिर्जना हुनुले विश्वविद्यालय गैरजिम्मेवार भएको आभास पाउन सकिने विद्यार्थी उपेन्द्र भुसाल बताउँछन् ।
विद्यार्थीको पक्षमा कुनै निष्कर्ष नआएमा कानुनी प्रकृयामा जाने संघर्षरत विद्यार्थीहरुको भनाइ छ ।




