मकवानपुर, २३ मंसिर ।
मकवानपुरको थाहानगरमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
शनिबार बेलुका मकवानपुरको थाहा नगरपालिका- ९ चित्लाङस्थित भित्री सडकखण्डमा बस र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक थाहा नगरपालिका- १० बस्ने ३० वर्षीय मनोज गमाल रहेका छन् ।
काठमाडौंबाट चित्लाङतर्फ आउँदै गरेको बा.४ ख ८७७३ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको बा.६५प ४१७३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक मनोज र थाहा नगरपालिका- १० कै शम्भु गमाल घाइते भएका थिए । मनोज गम्भीर घाइते भई उपचारको लागि ट्रमा सेन्टर काठमाण्डौं लगेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल पछाडी सवार शम्भुको मनमोहन अस्पताल काठमाडौंमा उपचार भईरहेको तथा अवस्था सामान्य रहेको छ । मोटरसाइकल, बस र बस चालक ईलाका प्रहरी पालुङको नियन्त्रणमा छन् ।





