दुर्घटनामा १ जनाको मृत्यु

मकवानपुर, २३ मंसिर । मकवानपुरको थाहानगरमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । शनिबार बेलुका मकवानपुरको थाहा नगरपालिका- ९ चित्लाङस्थित भित्री सडकखण्डमा बस र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक थाहा नगरपालिका- १० बस्ने ३० वर्षीय मनोज गमाल रहेका छन् । काठमाडौंबाट चित्लाङतर्फ आउँदै […]

अर्को सातादेखि स्मेल हेभनमा एथ्लेटिक्स मिट

भरतपुर, २३ मंसिर – कल्याणपुरस्थित स्मल हेभन स्कुलमा नवौं अन्तर विद्यालय एथ्लेटिक्स मिट हुने भएको छ । स्मल हेभनको आयोजनामा मंसिर ३० गतेदेखि ‘स्पोर्टिङ बडी, स्पोर्टिङ माइन्ड’ भन्ने नाराका साथ नवौं संस्करणको एथ्लेटिक्स मिट हुन लागेको हो । पुस २ गतेसम्म हुने एथ्लेटिक्स मिटमा जिल्लाभरका ३० भन्दा बढी संस्थागत विद्यालय सहभागी हुनेछन् । सहभागी खेलाडीहरुले […]

पेस्तोल र गोलीसहित मकवानपुरमा तीन जना पक्राउ

मकवानपुर, २३ मंसिर । मकवानपुर प्रहरीले १ थान सेमिअटोमेटिक पेस्तोल र २० थान गोली सहित पक्राउ परेका ३ जनालाई सार्वजनिक गरेको छ । मकवानपुर प्रहरीले शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित एक घरको कोठाबाट १ थान सेमीअटोमेटिक पेस्तोल र त्यसमा लाग्ने गोली २० राउण्ड तथा अन्य सामान सहित ३ जनालाई पक्राउ गरेको थियो […]

भ्रष्टाचारको अन्त्य हुनुपर्छ – मुख्यमन्त्री जम्मकट्टेल

मकवानपुर, २३ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रस्टाचार संस्कारकाे रुपमा विकास भएकाेले अन्त्य हुनुपर्ने बताएका छन् । भ्रष्टाचार विरुद्दकाे अन्तर्राष्ट्रिय दिवसकाे अवसरमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालय हेटौंडाले आयाेजना गरेकाे कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री जम्कट्टेलले नेपालकाे सन्दर्भमा भ्रष्टाचारको काेणवाट हेर्दा हामी कुन स्थानमा छाैँ त्यो प्रष्ट […]

कविडाँडा आख्यान पुरस्कार सुवेदीको `मनु´लाई प्रदान

भरतपुर, २३ मंसिर । कविडाँडा आख्यान पुरस्कार- २०७९ `मनु´ उपन्यासलाई दिइएको छ ।कविडाँडा साहित्य समाज चितवनले शनिबार कार्यक्रम गरी कविडाँडा आख्यान पुरस्कार – २०७९ समालोचक तथा उपन्यासकार देवीप्रसाद सुवेदीको मनु उपन्यासलाई प्रदान गरिएको हो । सौराहास्थित जंगल सफारी लजमा शनिबार आयोजित कार्यक्रममा लाल – मीना फाउन्डेसनकी अध्यक्ष मीना लामिछाने र कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष […]