पेस्तोल र गोलीसहित मकवानपुरमा तीन जना पक्राउ

मकवानपुर, २३ मंसिर ।
मकवानपुर प्रहरीले
१ थान सेमिअटोमेटिक पेस्तोल र २० थान गोली सहित पक्राउ परेका ३ जनालाई सार्वजनिक गरेको छ ।

मकवानपुर प्रहरीले शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित एक घरको कोठाबाट १ थान सेमीअटोमेटिक पेस्तोल र त्यसमा लाग्ने गोली २० राउण्ड तथा अन्य सामान सहित ३ जनालाई पक्राउ गरेको थियो । पक्राउपछि ३ नै जनालाई शनिबार जिल्ला प्रहरी कार्यलय परिसरमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।

मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई पेस्तोल, गोली  र  घटनामा प्रयोग भएका अन्य सामानसहित पक्राउ गरिएकोमा शनिबार सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरु साथमा रहेको NO.0010.11.22 भएको ROUND 7 लेखेको पेस्तोल थान १, उक्त पेस्तोलमा लाग्ने KF 7.65 mm को गोली १९ राउण्ड , LOLO लेखेको 9 mm को गोली १ राउण्ड , हतियार सफा गर्ने रड १ थान बरामद गरिएको प्रहरीले जनाएको छ । यसैगरी लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ४ सय मिलिग्राम, लागूऔषध तौल गर्ने डिजिटल तराजु २ थान, घटनामा प्रयोग भएको ना२५प ३३०५ नम्बरको सिवि युनिकर्न मोटरसाइकल, ना६३प ९६७८ नम्बरको RR310 CC को मोटरसाइकल, मोबाईल ५ थान, नगद ५० समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

गत मंसिर १८ गते सोमबार  हेटौंडा–९ धर्मपथस्थित सूर्यप्रसाद पौडेलको घरमा लगातार धेरैपटक गोली पड्केको जस्ताे आवाज आएकाे तथा उनको घरको वरीपरी गोलीको थुप्रै खोका फेला परेपछि मकवानपुर प्रहरीले अनुसन्धान थालेको थियाे ।

‘घटनाको जानकारी पाए लगत्तै हामीले तत्काल अनुसन्धान सुरु गर्‍यौँ । अनुसन्धानकाे क्रममा उक्त घरको पिलर, बिम, रेलिङवालमा गोली लाग्दाको जस्तो दाग देख्यौँ, त्यसैगरी प्रगति स्कुल अगाडीको सडकमा १ राउण्ड गोली समेत फेला परेकाे थियाे । घटनामा संलग्न ३ जनालाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।’ मकवानपुर प्रहरी प्रमुख एसपी सीताराम रिजालले भने ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट