भ्रष्टाचारको अन्त्य हुनुपर्छ – मुख्यमन्त्री जम्मकट्टेल

मकवानपुर, २३ मंसिर ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रस्टाचार संस्कारकाे रुपमा विकास भएकाेले अन्त्य हुनुपर्ने बताएका छन् । भ्रष्टाचार विरुद्दकाे अन्तर्राष्ट्रिय दिवसकाे अवसरमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालय हेटौंडाले आयाेजना गरेकाे कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री जम्कट्टेलले नेपालकाे सन्दर्भमा भ्रष्टाचारको काेणवाट हेर्दा हामी कुन स्थानमा छाैँ त्यो प्रष्ट रहेकाे औँल्याउँदै भ्रष्टाचार संस्कारकाे रुपमा विकास हुँदै गएकाे अहिलेकाे समयमा भ्रष्टाचार तथा भ्रस्टाचारजन्य कार्यकाे समुल अन्त्य गरिनुपर्ने बताए । राणाकालीन समयदेखि हालसम्म विरासतकाे रुपमा उही परम्परालाई अगाडि बढाउँदै लगिएकाे देखिन्छ यसकाे मुख्य दाेष राजनीतिक नेतृत्वकाे भएकाे उनले बताए । ‘राजनीतिक नेतृत्वले निष्पक्ष, स्वार्थरहित र पारदर्शी रुपमा काम गर्ने हाे भने भ्रस्टाचार नियन्त्रण हुन्छ´, उनले भने -‘खबरदारी सबैभन्दा पहिला राजनीतिक नेतृत्वलाई गर्नुपर्छ ।’

भ्रष्टाचार भनेकाे सरकारमा रहेकाे वेला हुने र बाहिर भएकाे बेला नहुने भन्ने कुरा हुन्न यसकाे गम्भीर समीक्षा गर्न जरुरी रहेकाे उनले बताए । `एककाे विरुद्ध अर्काे अख्तियारमा बेनामे निवेदनकाे आधारमा थुपै मुद्दाहरु रहेका छन्´, मन्त्री जम्कट्टेलले भने – ‘अख्तियार पनि निष्पक्ष हुनुपर्छ । वर्षाैँसम्म एउटै निवेदनकाे समस्यामा अल्झिरहनु भन्दा अख्तियारले उजुरी दर्ता गर्नुअघि नै हाे हाेइन गम्भिरतापूर्वक लिएर दर्ता गर्नुपर्छ ।’ उजुरीकर्ताले उद्देश्य के लिएकाे छ र परिणाम के आउँछ भन्ने कुरा प्रति अख्तियारले ध्यान दिनुपर्ने उनले बताए । भ्रष्टाचार निवारणकाे निम्ति एकले अर्काेलाई दाेषी देख्न नहुने सहयाेगकाे भावले काम गर्नुपर्ने उनले बताए । ‘मुलुकमा यति धेरै परिवर्तन गर्न सकेका छाैँ भ्रष्टाचार निवारण गर्न नसक्ने भन्ने हुँदैन’ उनले भने ।

हरेक वर्ष डिसेम्वर ९ का दिन भ्रष्टाचार विरुद्दकाे अन्तर्राष्ट्रिय दिवस मनाउँदै आइएकाे छ । यसै सन्दर्भमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय परिसरमा भएकाे कार्यक्रम बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायकाे अध्यक्षता तथा बागमती प्रदेश मुख्यमन्त्री जम्कट्टेलकाे प्रमुख आतिथ्यता भएकाे हाे । आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, अख्तियार हेटौँडा कार्यालय तथा प्रदेश र जिल्लास्थित कार्यालयका कर्मचारीलगायतकाे उपस्थितिमा कार्यक्रम भएकाे हाे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट