अर्को सातादेखि स्मेल हेभनमा एथ्लेटिक्स मिट

भरतपुर, २३ मंसिर –
कल्याणपुरस्थित स्मल हेभन स्कुलमा नवौं अन्तर विद्यालय एथ्लेटिक्स मिट हुने भएको छ । स्मल हेभनको आयोजनामा मंसिर ३० गतेदेखि ‘स्पोर्टिङ बडी, स्पोर्टिङ माइन्ड’ भन्ने नाराका साथ नवौं संस्करणको एथ्लेटिक्स मिट हुन लागेको हो ।

पुस २ गतेसम्म हुने एथ्लेटिक्स मिटमा जिल्लाभरका ३० भन्दा बढी संस्थागत विद्यालय सहभागी हुनेछन् । सहभागी खेलाडीहरुले विभिन्न १२ विधामा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ एक सय, दुई सय, चार सय, पाँच सय, आठ सय र एक हजार ५०० मिटर र ३ किलोमिटर दौड हुनेछन् । यस्तै एक सय मिटर रिले, चार सय मिटर रिले, सट पुट, लङ जम्प, ट्रिपल जम्प र टग अफ वार पनि हुने विद्यालयका प्रधानाध्यापक रामचन्द्र न्यौपानेले जानकारी दिए ।

महिलातर्फ एक सय, दुई सय, चार सय, पाँच सय, आठ सय र एक हजार ५०० मिटर र ३ किलोमिटर दौड हुनेछ । यस्तै एक सय मिटर रिले, चार सय मिटर रिले, सट पुट, लङ जम्प, कबड्डी र बास्केटबल हुनेछ । यी खेलहरुमा महिला र पुरुष दुबैतर्फ १२–१२ स्वर्ण, १२–१२ रजत र २४–२४ कास्य गरी कुल ९६ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

न्यौपानेका अनुसार विद्यालयले हरेक दुई–दुई वर्षमा यस प्रतियोगिया आयोजना गर्दै आएको छ । उनले यो चितवनमा विद्यालय स्तरमा हुने खेलकुद प्रतियोगिताकै नमूना भएको समेत दाबी गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट