अभियान कृषि सहकारीमा राजु

गैँडाकोट, १३ असोज ।
अभियान कृषि सहकारी संस्था लिमिटेड गैँडाकोटको अध्यक्षमा राजु सापकोटा चयन भएका छन् । शनिबार भएको १० औँ साधारणसभा तथा चौथो विशेष नेतृत्व चयनमार्फत सापकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

संस्थाको उपाध्यक्षमा गुणाखर रेग्मी, सचिवमा अर्जुन पराजुली, कोषाध्यक्षमा अञ्जु न्यौपाने र सहसचिवमा कमल नारायण न्यौपाने रहेका छन् । त्यसैगरी कार्यसमितिका सदस्यहरुमा झलककाजी पौडेल, मन्दिरा आचार्य, सिर्जना खराल, भक्तीराम अर्याल, प्रदीप चौधरी, रेखा पौडेल रहेका छन् ।

भेलाले खुमनाथ पौडेलको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरेको छ । समिति सदस्यमा प्रलेस पौडेल र शोभा सुबेदीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नम्बर ८ का अध्यक्ष प्रेम सापकोटा, अभियान कृषि सहकारीका केन्द्रीय सदस्य बिन्दमाया गैरे, विष्णुमाया पन्थी, गैँडाकोट नगरपालिका सहकारी शाखाका प्रमुख देवेन्द्र गौतम, किसान साकोसका अध्यक्ष श्रीहरि चालिसेलगायतले बोलेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट