२०८० असोज १४ गते आइतबारको कायाकैरन दैनिक (ePaper)

अभियान कृषि सहकारीमा राजु

गैँडाकोट, १३ असोज । अभियान कृषि सहकारी संस्था लिमिटेड गैँडाकोटको अध्यक्षमा राजु सापकोटा चयन भएका छन् । शनिबार भएको १० औँ साधारणसभा तथा चौथो विशेष नेतृत्व चयनमार्फत सापकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । संस्थाको उपाध्यक्षमा गुणाखर रेग्मी, सचिवमा अर्जुन पराजुली, कोषाध्यक्षमा अञ्जु न्यौपाने र सहसचिवमा कमल नारायण न्यौपाने रहेका छन् । […]
‘लोकतन्त्र बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण’

काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले लोकतन्त्र बलियो बनाउनमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनका संस्थापक अध्यक्ष विश्वनाथ अधिकारीको १२औँ पूण्यतिथिमा प्रेस युनियन चितवन शाखाले शनिबार काठमाडौँमा आयोजना गरेको शोकसभामा नेता केसीले पत्रकारितामार्फत सत्यतथ्य सूचना सम्प्रेषण गरी लोकतन्त्रलाई बलियो बनाउन सहयोग पुर्याउने बताए । “सत्य, […]
विज्ञान प्रदर्शनीमा नारायणी नमूना मावि प्रथम

भरतपुर, १३ असोज । भरतपुर महानगरपालिकाले आयोजना गरेको विज्ञान प्रदर्शनीमा नारायणी नमुना माध्यमिक विद्यालय भरतपुर प्रथम भएको छ । भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले शनिबार बिहान सोही विद्यालयमा विद्यालय स्तरीय विज्ञान प्रदर्शनी आयोजना गरेको गरेको थियो । प्रदर्शनीमा महानगरका ९ सामुदायिक र ७ संस्थागत गरी १७ वटा विद्यालय सहभागी थिए । प्रदर्शनीमा नेपाल पुलिस स्कुल […]
स्पन्दन नेपालमा अनिताको नेतृत्व

भरतपुर, १३ असोज । सामाजिक गतिविधि गर्ने उद्देश्यले महिला दिदिबहिनीद्वारा स्थापित स्पन्दन नेपालको छैटौं साधारणसभा तथा दोश्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेशनले अनिता खनाललाई अध्यक्षमा चयन गर्दै ९ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । समितिको उपाध्यक्षमा सावित्री पौडेल र मन्जु पाठक रहेका छन् भने सचिव बिमला दाहाल, सहसचिव शोभा बास्तोला र कोषाध्यक्षमा सीता भुसाल […]
प्रेम कहानीमा आधारित `मनको धनी´ गीत सार्वजनिक

भरतपुर, १३ असोज । चितवनका दुई चर्चित तेक्वान्दो खेलाडी उमर खाना र मेलिना पन्तको वास्तविक प्रेम कहानीमा आधारित `मनको धनी´ गीत सार्वजनिक भएको छ । यी प्रेम जोडी खेलमा मात्र होईन अभिनयमा समेत अब्बल रहेको गीतको भिडियोमा देख्न पाईन्छ । हिन्दु र मुस्लिम धर्मबीच प्रेममा देखिने समस्यालाई देखाइएको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द, संगीत […]
मन्त्री जाेशीद्वारा जेष्ठ नागरिक अक्षयकोषमा सहयाेग

भरतपुर, १३ असोज । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जाेशीले आफ्ना आमाबुबाकाे सम्झनामा जेष्ठ नागरिक संघ चितवनलाई रु १ लाख १ हजार १११ सहयाेग गरेका छन् । मन्त्री जाेशीका वुबा स्व. प्रेमदत्त जाेशी र आमा शान्तादेवी जाेशीकाे सम्झनामा उनले अक्षयकाेषमा रकम सहयाेग गरेका हुन् । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसकाे अवसर पारी शनिबार रकम हस्तान्तरण गरिएकाे हाे […]
गर्भमै तुहिएको शिक्षक आन्दोलन – २०८०

(पहिलो घटना) पहिलो दिनको आन्दोलन सकेर करिब चार बजेपछि सुन्धाराबाट पठाओ चढेर म कीर्तिपुर जाँदै थिएँ । पठाओ चालक अन्दाजी ३५/४० वर्षका थिए । उनीसँग सामान्य गफ हुँदै थियो । कालिमाटी आइपुगेपछि उनले एउटा जिज्ञासा राखे, “सर तपाईहरूलाई यो आन्दोलन गर्न कसले खर्च दिन्छ ?” अनि मैले भनेँ, “कसैले दिँदैनन् । हामी आफ्नै खर्चमा आउने, […]