स्पन्दन नेपालमा अनिताको नेतृत्व

भरतपुर, १३ असोज ।

सामाजिक गतिविधि गर्ने उद्देश्यले महिला दिदिबहिनीद्वारा स्थापित स्पन्दन नेपालको छैटौं साधारणसभा तथा दोश्रो अधिवेसन सम्पन्न भएको छ ।

अधिवेशनले अनिता खनाललाई अध्यक्षमा चयन गर्दै ९ सदस्यीय कार्यसमिति निर्माण गरेको छ ।
समितिको उपाध्यक्षमा सावित्री पौडेल र मन्जु पाठक
रहेका छन् भने सचिव बिमला दाहाल, सहसचिव शोभा बास्तोला र कोषाध्यक्षमा सीता भुसाल छनोट भए । त्यसैगरी सदस्यहरुमा शकुन्न्तला धरेल, सावित्री शर्मा, पार्वती गुरुङ र बिमला घिमिरे रहेका छन् ।

संस्थाकी अध्यक्ष इन्दिरा भुसालको अध्यक्षतामा कार्यक्रम गरिएको हो । समितिले सल्लाहकारहरुमा
गोमा भट्टराई, रन्जु मैनाली र इन्द्रमाया श्रेष्ठलाई चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष खनालले आफ्नो छोराको जन्मदिनको अवसर पारेर शनिबार नै रामजानकी बालिका आश्रम देवघाटधाममा आश्रित बालिकाहरुलाई भोजन व्यवस्थापन गरेकी छन् । बालिकाहरूलाई भोजन सेवा गरेर आफ्नो कार्यकालको शुभारम्भ गरेको अध्यक्ष खनालले बताइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट