भरतपुर, १३ असोज ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जाेशीले आफ्ना आमाबुबाकाे सम्झनामा जेष्ठ नागरिक संघ चितवनलाई रु १ लाख १ हजार १११ सहयाेग गरेका छन् । मन्त्री जाेशीका वुबा स्व. प्रेमदत्त जाेशी र आमा शान्तादेवी जाेशीकाे सम्झनामा उनले अक्षयकाेषमा रकम सहयाेग गरेका हुन् ।
अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसकाे अवसर पारी शनिबार रकम हस्तान्तरण गरिएकाे हाे । कार्यक्रममा बाेल्दै मन्त्री जाेशीले सबैले जेष्ठ नागरिकहरुकाे सम्मान गर्न सक्नुपर्ने बताए । अहिलेकाे पुस्ताले जेष्ठ नागरिकहरुलाई सम्मान गर्न भुलेको भन्दै उनले भने – `अहिले पुस्ताले पुराना पुस्ताकाे सम्मान गर्न सकेकाे छैन ।´
जेष्ठ नागरिक संघ चितवनका अध्यक्ष केदारनाथ तिमिल्सिनाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, महिला आयाेगकी पुर्व अध्यक्ष भगवती घिमिरे, वडा अध्यक्ष परमेश्वर खनाललगायतले बोलेका थिए ।





