प्रेम कहानीमा आधारित `मनको धनी´ गीत सार्वजनिक

भरतपुर, १३ असोज ।
चितवनका दुई चर्चित तेक्वान्दो खेलाडी उमर खाना र मेलिना पन्तको वास्तविक प्रेम कहानीमा आधारित `मनको धनी´ गीत सार्वजनिक भएको छ । यी प्रेम जोडी खेलमा मात्र होईन अभिनयमा समेत अब्बल रहेको गीतको भिडियोमा देख्न पाईन्छ ।

हिन्दु र मुस्लिम धर्मबीच प्रेममा देखिने समस्यालाई देखाइएको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द, संगीत र निर्देशन रहेको छ ।

गीतको कथावस्तु निकै रोचक तरिकाबाट प्रस्तुत गरिएको छ ।
दुई फरक धर्म मान्ने परिवारले स्वीकार नगरेपछि उनीहरुबाट जन्मिएको सन्तानले धर्मप्रति राखेको प्रश्न साँच्चै सुन्दर पक्ष रहेको छ । गीतमा चितवनका युवा पत्रकार राजेन्द्र आचार्यले समेत छोटो अभिनयमार्फत सिने जगतमा प्रवेश गरेका छन् । वडाध्यक्षको भूमिकामा आचार्यको अभिनय सशक्त रुपमा देख्न सकिन्छ । रत्ननगर निवासी चर्चित संगीतकार पोखरेल अब संगीतामा मात्रै होईन निर्देशनमा समेत अब्बल सावित बन्दै चितवनका मनोरम दृश्यलाई कैद गर्न सफल देखिएका छन् । पर्यटकीय नगरी सौराहादेखि उपरदङगढीसम्मको दृश्य गीतको भिडियोमा देख्न सकिन्छ ।

गीतमा गायिका दुर्गा खरेल, गायक साईराज खाती र गायिका अनुजा कडरियाको स्वर रहेको छ । आफूले धर्म, जात र धनसम्पत्ति भन्दा माथि मानवता भन्ने भाव देखाउन गीतको रचना गर्दै भिडियोमार्फत वास्तविक कहानी प्रस्तुत गरेको पोखरेलको भनाई छ ।

गीतको छायांकन नवराज उप्रेती र सम्पादन विकास दाहालको रहेको छ । भिडयो डिभाईन म्यूजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट