हेटौंडा, १६ भदौ ।
हेटौंडा-४ स्थित नवोदय शिशु सदनद्वारा आयोजित तीन दिवसीय ‘नवोदय – नमूना संयुक्त राष्ट्रसंघ’ कार्यक्रममा अङ्कुरम् एकेडेमी भरतपुर-७ की कक्षा ९ मा अध्ययनरत छात्रा अविप्स्या कार्की ‘सर्वोत्कृष्ट स्ट्राटेजिक अवार्ड’ बाट पुरस्कृत र सम्मानित भएकी छिन् ।
नवोदय शिशु सदन, हेटौंडाद्वारा आयोजित उक्त नमूना राष्ट्रसंघ कार्यक्रममा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका १८० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
भदौ १४ देखि १६ गतेसम्म आयोजित उक्त नमूना संयुक्त राष्ट्रसंघ कार्यक्रमको नारा ‘दिगो विकासका लागि मानवीय सहायता’ माथि नमूना राष्ट्रसंघीय प्रतिनिधिहरुले विभिन्न परिषद् र समितिमा रही नमूना राष्ट्रसंघको महसभाको अभ्यास गरेका थिए ।





