“जब तिम्रो ऐना बुढो भयो” सार्वजनिक

काठमाडौँ, १४ भदौ ।

प्रा. डा. ओम सिटौलाद्वारा लिखित कविता संग्रह “जब तिम्रो ऐना बुढो भयो”को लोकार्पण गरिएको छ । पूर्व प्रधानन्यायधीश सुशीला कार्कीको उपस्थितिमा गत मंगलबार पुस्तकको लोकार्पण गरिएको हो । ओम भानुवाद स्मृति प्रतिष्ठान प्रकाशक रहेको सो कविता संग्रहलाई पाइन प्रकाशनले बजारमा ल्याएको हो । कविता संग्रहमा ३८ वटा कविता समावेश गरिएका छन् । पुस्तकको मूल्य १५० रुपैयाँ तोकिएको छ ।

पुस्तकमा प्रेमिल, जीवनसाथी तथा यौवनका बारेमा लेखिएका कविताहरू संग्रहित गरिएको प्राध्यापक सिटौलाले बताए । उमेर बित्दैमा बुढो भइँदैन भन्ने कुरा नै पुस्तकको शीर्षकको मूल मर्म रहेको उनले सुनाए । प्राध्यापन तथा सामाजिक कार्यमा सक्रिय रहँदै आएका डा. सिटौलाको यो पहिलो साहित्यिक कृति हो ।

मेची आमालाई नारी सम्मान

स्वर्गीय दिलकुमारी श्रेष्ठलाई ‘नारी, शिक्षा एवं जागरण सम्मान’ प्रदान गरिएको छ । ‘मेची आमा’ नामले परिचित समाजसेवी श्रेष्ठलाई मरणोपरान्त माया सिटौला नारी शिक्षा एवं जागरण सम्मान प्रदान गरिएको हो । उनलाई ॐ भानु-वेद स्मृति प्रतिष्ठानले सम्मान गरेको हो ।

मेची आमाको १२औँ पुण्यतिथिको अवसर पारेर प्रतिष्ठानले उनलाई सम्मान पत्रसँगै नगद एकाउन्न हजार रुपैयाँसहित सम्मान गरेको हो । पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले मेची आमाका जेठा छोरा विश्वनाथ श्रेष्ठलाई सो सम्मान हस्तान्तरण गरेकी थिइन् ।

२०२४ सालमा झापाको हल्दीबारीमा महिलाले पनि हलो जोत्न हुन्छ भन्दै समाजलाई चुनौती दिएकी मेची आमा (श्रेष्ठ) तत्कालीन नेपाल महिला संगठनको मेची अञ्चल इन्चार्ज हुँदै २०२७ सालमा राजसभा स्थायी समिति सदस्य समेत बनेकी थिइन् ।

झापाको भद्रपुर घर भएकी श्रेष्ठको काठमाडौंमा उपचारका क्रममा २०६८ साल भाद्र १२ गते ९९ वर्षको उमेरमा निधन भएको थियो ।

२०१७ सालदेखि समाजसेवा र राजनीतिमा सक्रिय श्रेष्ठले गरेको कामको उच्च मूल्यांकन गर्दै उनलाई मेची आमा उपनाम दिइएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट