“जब तिम्रो ऐना बुढो भयो” सार्वजनिक

काठमाडौँ, १४ भदौ । प्रा. डा. ओम सिटौलाद्वारा लिखित कविता संग्रह “जब तिम्रो ऐना बुढो भयो”को लोकार्पण गरिएको छ । पूर्व प्रधानन्यायधीश सुशीला कार्कीको उपस्थितिमा गत मंगलबार पुस्तकको लोकार्पण गरिएको हो । ओम भानुवाद स्मृति प्रतिष्ठान प्रकाशक रहेको सो कविता संग्रहलाई पाइन प्रकाशनले बजारमा ल्याएको हो । कविता संग्रहमा ३८ वटा कविता समावेश गरिएका छन् […]

विधिपूर्वक मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व

काठमाडौँ, १४ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत (जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ । श्रावण महिनामा गरिने स्नान भएकाले यो पर्वलाई श्रावणी स्नान पनि भनिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज […]

`७० प्रतिशत एन्टिबायोटिकले काम गरेको छैन´

विश्वमा एन्टिबायोटिक औषधिले काम गर्न छाडेपछि त्यसले निम्त्याउने स्वास्थ्य जोखिमलाई शीर्ष १० स्थानमा राखिएको छ । धनी देशहरूले धमाधम एन्टिबायोटिक रेसिस्टेन्सका क्षेत्रमा काम गरिरहेका छन् । तर, नेपालमा नियम कानुनको अवरोधका कारण प्रभावकारी ढंगबाट काम अगाडि बढेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डाक्टर मदन उपाध्याय एन्टिबायोटिक रेसिस्टेन्स वा […]

जनैपूर्णिमाको अवसरमा बडिमालिकामा मेला

कैलाली, १४ भदौ । बाजुरा जिल्लामा रहेको बडिमालिकामा जनैपूर्णिमाको अवसरमा यस वर्ष पनि मेला लागेको छ । भाद्र ११ गते देखि १४ गतेसम्म जनै पूर्णिमाको मेला लागेको हो । बडिमालिका मेलाका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट सरकारी डोलसमेत पुगेका थिए । सरकारी टोलीको पुजा चढाईपछि सर्वसाधारणले परम्परा अनुसार पूजाअर्चना गरेका छन् । समुद्री सतहबाट […]

धनी बन्ने धुनमा बिदेशतिर भौँतारिँदा

“धन कमाउने धुनमा ठूलो जहाज चढ्ने जुन इच्छा गरें, त्यसले मलाई पछाडि पार्‍यो,” जीवनराम पछुताउँछन् । तीन बीस उमेर पार गरेका चितवनका आदिवासी थारु समुदायका उनलाई सात वर्ष उमेर पुगेपछि बुबाले ठूलो मान्छे बनाउने अभिलाषा बोकेर नजिकैको सरकारी विद्यालयमा भर्ना गरिदिए । कक्षाकोठामा पहाडी समुदायका अधिक संख्यामा रहेका नेपाली मातृभाषी साथीहरुको बीचमा उनलाई सधैं हिनताबोध […]

ऋषि तर्पणी, जनैपूर्णिमा र रक्षाबन्धन आज एकै दिन, तराई क्षेत्रमा राखीको रौनक

काठमाडौं, १४ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण […]