सनराइज स्कुलमा विद्यार्थीका सिर्जना प्रदर्शन

भरतपुर, ३२ साउन
सनराइज इङ्ग्लिस स्कुल विद्यार्थीहरूका लागि कक्षा कोठामा सिमित रहेर अध्ययन गर्ने थलोमात्र नभई विद्यार्थीहरूले कक्षागत सिकाईका अलावा बाह्य प्रतिभाको ज्ञान पनि उत्तिकै हासिल गर्ने थलोका रूपमा अनुभव गर्दछन् । विद्यालयमा कक्षागत रूपमा निरन्तर आयोजना हुने विभिन्न कार्यक्रममध्ये साउन ३२ गते कक्षा ८ मा अध्ययनरत विद्यार्थीले स्व–सिर्जना कार्यक्रम सम्पन्न गरेका छन् ।
कक्षा ८ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीका अभिभावकको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूले गीत, नाटक, नृत्य, चित्रकला प्रदर्शनी तथा विभिन्न अभिनयका माध्यमद्वारा अभिभावकको महत्व र त्यसले विद्यार्थी जीवनमा पार्ने प्रभावको बारेमा आफ्नो कला प्रस्तुत गरेका थिए ।
कक्षा ८ मै अध्ययनरत विद्यार्थीद्वारा सञ्चालित उक्त कार्यक्रम विद्यालयका प्रिन्सिपल शिवकुमार बगाले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजीप्रसाद अर्याल, सिजी एजुकेशनका रिसर्च एण्ड डेभलपमेन्ट अफिसर सुनिल प्रधान, सहायक प्रिन्सिपल भूमिराज तिवारी, तहप्रमुख चन्द्रमोहन कार्कीलगायत अन्य तहप्रमुखहरु, निम्न माध्यमिक तहमा अध्यापन गर्ने शिक्षक–शिक्षिका र कक्षा ८ का अभिभावकहरुको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रम तयारी, व्यवस्थापन र सञ्चालनको सम्पूर्ण जिम्मेवारी विद्यार्थीहरूलाई नै दिइएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट