आँखा उपचार केन्द्रमा बढे बिरामी

राप्ती, ३२ साउन । आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि राप्तीको आँखा उपचार केन्द्रमा बिरामीको संख्या झण्डै पाँच गुणाले बढेको छ । भण्डारा अस्पतालसँगै रहेको आँखा उपचार केन्द्रमा पहिलोपटक यति धेरै संख्यामा आँखाका बिरामी उपचार गराउन आएका हुन् । नेपाल नेत्र ज्योति संघ, चितवनको सहकार्यमा करिब ५ महिना अघि स्थापित यो आँखा उपचार केन्द्रमा विगत केही […]

सनराइज स्कुलमा विद्यार्थीका सिर्जना प्रदर्शन

भरतपुर, ३२ साउन सनराइज इङ्ग्लिस स्कुल विद्यार्थीहरूका लागि कक्षा कोठामा सिमित रहेर अध्ययन गर्ने थलोमात्र नभई विद्यार्थीहरूले कक्षागत सिकाईका अलावा बाह्य प्रतिभाको ज्ञान पनि उत्तिकै हासिल गर्ने थलोका रूपमा अनुभव गर्दछन् । विद्यालयमा कक्षागत रूपमा निरन्तर आयोजना हुने विभिन्न कार्यक्रममध्ये साउन ३२ गते कक्षा ८ मा अध्ययनरत विद्यार्थीले स्व–सिर्जना कार्यक्रम सम्पन्न गरेका छन् । कक्षा […]

डेंगी संक्रमण बढेपछि ‘ज्वरो क्लिनिकल’ गर्न अस्पताललाई निर्देशन

काठमाडौँ, ३२ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेंगीको संक्रमण बढ्दै गएपछि सबै अस्पताललाई डेंगी संक्रमणको उपचार प्रभावकारी गर्न निर्देशन गरेको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले दैनिक डेंगीका संक्रमण बढिरहेकाले सङ्घीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यकता अनुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न आग्रह गरेका छन् । उनले […]

जिल्ला क्रिकेट संघ कैलालीको अध्यक्षमा पुनः विक्रम बिस्ट

धनगढी, ३२ साउन । जिल्ला क्रिकेट संघ कैलालीको अध्यक्षमा पुनः विक्रम बिस्ट निर्वाचित भएका छन् । बिहीबार सम्पन्न जिल्लाको सातौं अधिवेशनबाट बिस्ट सर्वसम्मत दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । कैलाली जिल्लामा रहेर लामो समयदेखि क्रिकेटका गतिविधिमा सक्रिय रहेका बिस्टलाई पुनः जिल्ला हाँक्ने जिम्मेवारी प्राप्त भएको हो । यस्तै उपाध्यक्षमा शम्भु लामिछाने, सचिवमा देवनारायण झा, […]

नारायणगढ जेसीजले `जेसीज सप्ताह´ गर्दै

भरतपुर, ३२ साउन । नारायणगढ जेसीजले जेसीज सप्ताह-२०२३ अन्तर्गत विभिन्न कार्यक्रमहरू गर्ने भएको छ । बिहीबार जेसीज भवन नारायणगढमा पत्रकार सम्मेलन गर्दै नारायणगढ जेसीजका अध्यक्ष अमर घिमिरेले भदौ १ देखि ७ गतेसम्म जेसीज सप्ताह- २०२३ मा गर्न लागिएका कार्यक्रम बारेमा जानकारी दिए । जेसीज सप्ताह अन्तर्गत भदौ १ गते उद्घाटन तथा जनप्रतिनिधिहरूका लागि प्रभावकारी बैठक […]

सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु

महेन्द्रनगर, ३२ साउन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सेफ्टी ट्याङ्कीमा परेर गए राति जङ्गली हात्तीको मृत्यु भएको छ । यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए । “राति १२ बजेपछि जङ्गली हात्ती सेफ्टी […]

मेरो परिकल्पनाको देश

हामी नेपाली जनताले सङ्‍घर्षको माध्यमबाट शताब्दीऔं निरङ्‍कुश जहानिया राणा शासनलाई हटाएर प्रजातन्त्र स्थापना गर्‍यौँ। त्यसपछि विभिन्न कालखण्डमा भएका राजनैतिक परिर्वतन पछि नेपालमा सुशासन कायम होला, देश समृद्धिको यात्रामा अगाडि बढ्ला भन्ने हामी सबै नेपालीहरुको अपेक्षा थियो । तर त्यसको विपरीत भ्रष्टाचार र बेथितिले झन-झन गरिबीको खाडलमा हाम्रो देश धसिँदै गयो, नेपाली नागरिकहरुको समृद्धिको चाहनामा तुसारापात […]

फिफा महिला विश्वकप फुटबल : उपाधिका लागि इंग्ल्यान्ड र स्पेन भिड्ने

नवौँ फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त इंग्ल्यान्ड र स्पेनले पक्का गरेका छन् । इंग्ल्यान्डले सिड्नीमा बुधबार भएको दोस्रो सेमिफाइनलमा आयोजक अस्ट्रेलियालाई ३–१ ले हराउँदै स्पेनसँगको फाइनल समीकरण तयार गरेको हो । फाइनल पुगेका दुवै राष्ट्र नयाँ हुन् । यसपटकको विश्वकपले नयाँ विश्वविजेता दिनेछ । यसअघि पूर्वविजेताहरू अमेरिका प्रिक्वार्टरफाइनल, जर्मनी समूह चरण र जापान क्वार्टरफाइनलबाटै बाहिरिएपछि चालू विश्वकपमा […]