जिल्ला क्रिकेट संघ कैलालीको अध्यक्षमा पुनः विक्रम बिस्ट

धनगढी, ३२ साउन ।
जिल्ला क्रिकेट संघ कैलालीको अध्यक्षमा पुनः विक्रम बिस्ट निर्वाचित भएका छन् । बिहीबार सम्पन्न जिल्लाको सातौं अधिवेशनबाट बिस्ट सर्वसम्मत दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । कैलाली जिल्लामा रहेर लामो समयदेखि क्रिकेटका गतिविधिमा सक्रिय रहेका बिस्टलाई पुनः जिल्ला हाँक्ने जिम्मेवारी प्राप्त भएको हो । यस्तै उपाध्यक्षमा शम्भु लामिछाने, सचिवमा देवनारायण झा, कोषाध्यक्षमा विक्रम लामा, त्यस्तै सदस्यहरुमा क्रमशः रतनबहादुर कठायत, बाबुराजा श्रेष्ठ, रुपक बिस्ट, ज्ञानेन्द्र दडिमाना क्षेत्री, गणेश रजक, दिनेश महर्जन, लोकबहादुर खड्का (रवि), गोविन्दराज जोशी, पदमबहादुर सिंह, सम्राट सिंह र कमलराज जोशी निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्ला क्रिकेट संघ कैलालीको सातौं अधिवेशनमा प्रमुख अतिथिको रूपमा रहेका नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय अध्यक्ष चदुरबहादुर चन्दले नेपाली क्रिकेटको अप्ठ्यारो अवस्थामा काम गरेर यो अवस्थामा ल्याइपुर्‍याएकोले एकपटक पुनः अन्तिमपटकको लागि आफू अध्यक्ष पदमा आउन चाहेको बताएका छन् । उनले आफू निर्वाचित भए अब सुदूरपश्चिमका लागि विशेष प्याकेजका रूपमा काम गर्ने समेत प्रतिबद्धता व्यक्त गरे । क्रिकेट संघ विस्तारमा सुदूरपश्चिम मात्र नभै देशका कुना कन्दरामा आफू प्रत्यक्ष सहभागी भै काम गरेकोले साथीहरू यसपटक पुनः आफूलाई जिताउनेमा ढुक्क रहेको बताएका छन् । `सुदूरपश्चिम आफ्नो गृह प्रदेश भएकोले यहाँ चुनाव हुनुहुन्न भन्ने मेरो मान्यता थियो, साथीहरूले मिलेर जिल्लाको टिम सर्वसम्मत बनाएकोमा खुशी लागेको छ´, चन्दले भने । कैलालीसँगै प्रदेशका थप ७ जिल्लामा सर्वसम्मत तरिकाले अधिवेशन भैसकेको छ ।

कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम बिस्टको अध्यक्षतामा सम्पन्न जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रूपमा नेपाल क्रिकेट संघ (क्यान) केन्द्रीय अध्यक्ष चदुरबहादुर चन्द रहेका थिए भने विशिष्ट अतिथिमा धनगढी उपमहानगरपालिका वडा नम्बर- ४ का अध्यक्ष बुद्धिबहादुर खड्का, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मी, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य वीरेन्द्र चन्द, जिल्ला खेलकुद समिति कैलालीका अध्यक्ष ललित खत्री, प्रादेशिक क्रिकेट संघका सदस्य अनिल भुजनिया रहेका थिए । त्यस्तै अतिथिमा जिल्ला क्रिकेट संघ डोटीका अध्यक्ष दिनेश सिंह, कैलाली जिल्ला क्रिकेट संघका पूर्व अध्यक्ष, सचिव, कोषाध्यक्ष, पूर्व पदाधिकारी, व्यवसायी सत्तिस जोशीलगायतको उपस्थिति रहेको थियो । जिल्ला क्रिकेट संघ कैलालीका उपाध्यक्ष बाबुराजा श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन डिल्लीराज ओझा समर्पणले गरेका थिए ।

जिल्ला क्रिकेट संघ कैलालीको अधिवेशनमा ५ जना सम्मानित

जिल्ला कृकेट संघ कैलालीको सातौँ अधिवेशनमा ५ जना सम्मानित भएका छन् । बिहीबार निर्माण व्यवसायी संघ कैलालीको सभाहलमा सम्पन्न सातौं अधिवेशनमा क्रिकेटमा लामो समयदेखि सक्रिय रहि अध्यक्ष जस्तो जिम्मेवारपूर्ण पदमा बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाली क्रिकेटमा योगदान पुर्‍याएको भन्दै नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दलाई सम्मान गरेको हो । त्यस्तै कैलाली जिल्ला क्रिकेट संघका पूर्व अध्यक्ष धर्मबहादुर बोहरा, पूर्व सचिव गणेश नेपाली, पूर्व कोषाध्यक्ष मदनबहादुर कुँवर र धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही सम्मानित भएका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट