नारायणगढ जेसीजले `जेसीज सप्ताह´ गर्दै

भरतपुर, ३२ साउन ।
नारायणगढ जेसीजले जेसीज सप्ताह-२०२३ अन्तर्गत विभिन्न कार्यक्रमहरू गर्ने भएको छ । बिहीबार जेसीज भवन नारायणगढमा पत्रकार सम्मेलन गर्दै नारायणगढ जेसीजका अध्यक्ष अमर घिमिरेले भदौ १ देखि ७ गतेसम्म जेसीज सप्ताह- २०२३ मा गर्न लागिएका कार्यक्रम बारेमा जानकारी दिए ।

जेसीज सप्ताह अन्तर्गत भदौ १ गते उद्घाटन तथा जनप्रतिनिधिहरूका लागि प्रभावकारी बैठक सञ्चालन तालिम रहेको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले कार्यक्रम उद्घाटन गर्ने तालिका रहेको घिमिरेले बताए । त्यसैगरी भदौ २ गते जेसीज गाउँ इच्छाकामनामा वृहत् स्वास्थ्य शिविर र शैक्षिक सामग्री सहयोग कार्यक्रम रहेको छ । त्यसैगरी भदौ ३ गते कौसी खेती तालिम, भदौ ४ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता, भदौ ५ गते प्रभावकारी अभिभावकत्व तालिम रहेको छ । भदौ ६ गते `मेरो पौरख मेरो गौरव -मेरो नेपाल´ विषयक वक्तृत्वकला र `इनलार्जिङ इन्टरपेरनरसिप´ विषयक अन्तर्राष्ट्रिय तालिम गरी दुईवटा कार्यक्रम हुँदैछन् । त्यसैगरी सप्ताहको अन्तिम दिन भदौ ७ गते जेसीज हाजिरीजवाफ प्रतियोगिता राखिएको जेसीज सप्ताहका मूल संयोजक राजेन्द्र भट्टराईले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट