चलचित्र ‘जुलेबी’ले थाल्यो प्रचार

काठमाडौं, ७ साउन ।
नेपाली चलचित्र ‘जुलेबी’को प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकलाई जानकारी दिने उद्देश्यले निर्माण युनिटले चलचित्रको पोस्टर सार्वजनिक गरेको छ ।
पोस्टरमा चलचित्रका धेरै कलाकार अटाएका छन् । चलचित्रको पोष्टर सार्वजनिक भएसँगै चलचित्रको प्रचारप्रसारको कार्य पनि तीव्रताका साथ अघि बढेको निर्माता आभा नेपालले बताइन् ।

चलचित्रको शीर्ष भूमिकामा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी र मोनिका थापा छन् । चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायतका कलाकारको पनि अभिनय रहेको छ । एन्थोलोजी जनरामा निर्माण भएको चलचित्र चार महिला पात्रको प्रेमकथामा आधारित रहेको र तीन थरी कथा परिवेशको चित्रण गर्ने गरि तयार पारिएको कार्यकारी निर्माता नवीन भट्टले बताए ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन गणेशदेव पाण्डेको रहेको छ । यसअघि उनले मञ्जरी, गाजा बाजा आदि चलचित्रको निर्देशन गरेर सफल निर्देशकको रुपमा आफूलाई परिचीत गराइसकेका छन् ।

विवेक खड्काको छायांकन, अन्जय खड्काको सम्पादन रहेको चलचित्रको वितरण जिम्मा डिसीएनले लिएको छ ।
चलचित्र भदौ १ गतेदेखि देशैभर तथा बिदेशमा पनि प्रदर्शन हुने जानकारी निर्माता आभा नेपालले दिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट