अङ्कुरम् एकेडेमीका नवआगन्तुक विद्यार्थीलाई पोखरामा अभिमुखीकरण तालिम

भरतपुर, ७ साउन । भरतपुर-७ स्थित अङ्कुरम् एकेडेमीको कक्षा ११ (विज्ञान तथा व्यवस्थापन) का १६२ जना नवआगन्तुक विद्यार्थीहरुका लागि पर्यटकीय सुन्दर नगरी पोखरामा अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ । उक्त कार्यक्रमले नवआगन्तुक विद्यार्थीहरुबीच एकआपसमा सामन्जस्यता एवं मेलमिलापपूर्ण सहकार्यको भावना जागृत गराई आगामी दुई वर्षको शैक्षिक यात्राको गोरेटो निर्माण गर्न सहजता प्रदान गरेको एकेडेमीका सहप्राचार्य ओमराज […]

दूरदर्शी राजनेता बिपीको सम्झना

साउन ६ गते शनिबार देशभरि बिपी जयन्ती मनाइरहँदा बिपी कोइराला र उहाँका पिता कृष्णप्रसाद कोइरालालाई सम्झनेहरू धेरै हुन्छन् । बिपीलाई देखेका–भोगेकाले मात्र नभई कहिल्यै प्रत्यक्ष देख्न, भेट्न नपाएका हामीहरूको पुस्ताले पनि अत्यन्त श्रद्धाभावले स्मरण गर्दछौं । बिपी जयन्तीका सन्दर्भमा विश्वेश्वरप्रसाद कोइरालाका बारेमा केही शब्दहरू कोर्न मन लाग्यो । लेखाइका बारेमै स्वयम् बिपी कोइराला भन्नुहुन्थ्यो “लेख्नु […]

चलचित्र ‘जुलेबी’ले थाल्यो प्रचार

काठमाडौं, ७ साउन । नेपाली चलचित्र ‘जुलेबी’को प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकलाई जानकारी दिने उद्देश्यले निर्माण युनिटले चलचित्रको पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा चलचित्रका धेरै कलाकार अटाएका छन् । चलचित्रको पोष्टर सार्वजनिक भएसँगै चलचित्रको प्रचारप्रसारको कार्य पनि तीव्रताका साथ अघि बढेको निर्माता आभा नेपालले बताइन् । चलचित्रको शीर्ष भूमिकामा उषा रजक, सुरक्षा पन्त, निशा […]

नेपाली लेखक सङ्घ कास्कीमा रीता अधिकारी ‘ऋतु’

पोखरा, ७ साउन । नेपाली लेखक सङ्घ, कास्कीको अध्यक्षमा रीता अधिकारी ‘ऋतु’ निर्वाचित भएकी छन् । शनिबार सम्पन्न संस्थाको पाँचौँ अधिवेशनबाट अधिकारीको अध्यक्षतामा दस सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा कमल पौडेल अथक निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा सञ्चय न्यौपाने ‘प्राञ्जल’, सहसचिवमा श्रीराम अधिकारी ‘गोर्जे’, कोषाध्यक्षमा मेघनाथ आचार्य र सदस्यहरूमा तारानाथ पराजुली, […]