नेपाल र भारतबीच ७ वटा विषयमा समझदारी

भरतपुर, १९ जेठ ।
नेपाल र भारतबीच विभिन्न ७ वटा  विषयमा सम्झौता भएको छ ।
४ दिने भ्रमणका लागि भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नेरन्द्र मोदी बीचको प्रतिनिधिमण्डलले ७ वटा विषयमा समझदारी–सम्झौता गरेको हो ।

उनीहरुबीच बिहीबार उक्त विषयमा समझदारी बनेको हो ।

यी हुन् ७ वटा सम्झौता भएका विषयहरुः
१. ट्रान्जिट ट्रिटीमा पुनरावालोकनसहित समझदारी
२. शिलगुढी–झापा र अमेलेगञ्ज–झापा पेट्रोलियम पाइपलाइन विस्तार सम्झौता
३. इन्स्टिच्यूट अफ फरेन अफेयर्स अफ नेपाल र सुस्मा स्वराज इन्स्टिच्यूट अफ फरेन अफेयर्स इन्डियाबीच समझदारी
४. दोधरा–चांदनीमा एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको समझदारी
५. तल्लो अरुण जलविद्युत् आयोजना निर्माण समझदारी
६.  फुकोट–कर्णाली विद्युत् आयोजना विकास तथा निर्माण समझदारी
७. क्रस बोर्डर डिजिटल पेमेन्ट समझदारी

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट