दिव्यज्योतिका ६ जना विद्यार्थीलाई छात्रवृत्ति

देवचुली, १८ जेठ ।
देवचुली नगरपालिका वडा नम्बर १२ मा रहेको एक मात्र विद्यालय श्री दिव्यज्योति आधारभूत विद्यालयमा बिहीबार एक कार्यक्रम गरी छात्रवृत्ति वितरण गरिएको छ । वडाको लक्ष्मीपुरमा रहेको लक्ष्मी युवा क्लबले विद्यालयमा एक औपचारिक कार्यक्रम गरी सो छात्रवृत्ति हस्तान्तरण गरेको विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष महारुद्र पाण्डेले बताए । बालबिकास (नर्सरी)देखि कक्षा ८ सम्म अध्यापन गराइने देवचुली १२ को उक्त विद्यालयमा १२ नम्बर वडा लगायत ५, ७, ११ र १३ का बालबालिका अध्ययन गर्छन् ।

अधिकांश विद्यार्थीहरु जनजातिका रहेको र आर्थिक अवस्था समेत कमजोर रहेकाले उनीहरुको शैक्षिक गुणस्तरमा प्रभावकारी र लक्ष्य अनुरुपको परिणाम हासिल गर्न नसकिएको विद्यालयका शिक्षक अभिभावक संघका सदस्य अशोक भुसालले बताए । लक्ष्मी युवा क्लबले जेहन्दार तथा बिपन्नका लागि लक्षित गर्दै शैक्षिक शत्र २०८० मा ६ जना छात्रछात्राहरुलाई विद्यालय पोशाक, पाठ्यक्रमका पुस्तकहरु, वर्षभरी आवश्यक पर्ने कापी, कलम तथा अन्य स्टेसनरी सामानहरु र विद्यालयमा लाग्ने अन्य शुल्क गरी जनही झन्डै पन्ध्र हजारका हिसाबले कुल हुन आउने नब्बे हजार रुपैयाँ सहयोग गरेको थियो ।

हस्तान्तरण कार्यक्रममा लक्ष्मी युवा क्लबका अध्यक्ष बिनोद भुसाल सभापति रहेका थिए भने कार्यक्रमको संयोजक कृष्णलाल चापागाईं थिए । कक्षा ३ देखि ८ सम्मका २ जना छात्र तथा ४ जना छात्रा रहेको उक्त कार्यक्रममा क्लबका सल्लाहकार भीमलाल भुर्तेल, सचिव मनमोहन अधिकारी र सदस्य मनोज भट्टराई तथा विद्यालयका प्रधानाध्यापक, शिक्षकहरु, विद्यालय व्यवस्थापना समितिका सदस्यहरु, शिक्षक अभिभावक संघका अध्यक्षलगायत सदस्यहरुको उपस्थिति थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट