सूर्यभक्त-पतनादेवी पत्रकारिता पुरस्कार ४ जना पत्रकारलाई दिइँदै

कावासोती, २९ वैशाख ।
सूर्यभक्त-पतनादेवी पत्रकारिता पुरस्कारबाट चार जना पत्रकार पुरस्कृत हुने भएका छन् । नेपाल प्रेस युनियन नवलपुर शाखाले वितरण गर्ने सूर्यभक्त पतनादेवी रास्ट्रिय पत्रकारिता पुरस्कार चार जना पत्रकारलाई प्रदान गर्न लागिएको हो ।

प्रत्येक वर्ष वितरण गरिने सूर्यभक्त-पतनादेवी पत्रकारिता पुरस्कार २०७८/२०७९ बाट वरिस्ठ पत्रकार सूर्यचन्द्र बस्नेत, समिरजङ्ग साह, ईश्वर जोशी र डा भूमिराज चापागाईलाई सम्मान गरिने अध्यक्ष वीरेन्द्र पराजुलीले बताए । नेपाली कांग्रेसका नेता सूर्यभक्त अधिकारी र पतनादेवीका छोरा मदनभक्त अधिकारीले स्थापना गरेको पुरस्कारबाट लोकतन्त्रमा विश्वास गर्ने वरिस्ठ पत्रकारलाई सम्मानित गरिँदै आइएको छ । जनही २५ हजार रुपैयाँ र ताम्रपत्रले सम्मानित गरिने अध्यक्ष पराजुलीले बताए । यसभन्दा अगाडि वरिस्ठ पत्रकार किशोर नेपाल, धर्मेन्द्र झा, कुलचन्द्र बाग्ले, किरण पोख्रेल, बिपुल पोख्रेललगायतका दर्जन बढी पत्रकार सम्मानित भैइसकेका छन् ।

यो वर्षको पुरस्कार यहि जेठ ५ गते कावासोतीमा वितरण गरिने सचिव खगराज सापकोटाले जानकारी गराए । नेपाल प्रेस युनियनले वितरण गर्ने यो पुरस्कार विगत दुई वर्षदेखि रोकिएको थियो । यहि जेठ ५ गते युनियनको अधिवेशनसमेत हुने भएकोले सोही दिन नै पुरस्कार वितरण गरिने कार्यक्रम रहेको अध्यक्ष पराजुलीले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट