चित्तौन कचेहेरी’को पहिलो दिनका ८ प्रस्तुति सकिए

भरतपुर, २९ वैशाख । नारायणगढमा शुक्रवारदेखि सुरु भएको ‘चित्तौन कचेहेरी’मा नौ वटा प्रस्तुति भएका छन् । फरक विचारको उत्सवको रूपमा आयोजना गरिएको कचेहेरीमा पहिलो दिन उत्पीडित र किनारीकृत समुदायको हक अधिकार र आत्मसम्मानको संघर्षलगायत विषयमा गहन विचार विर्मश गरिएको छ । नारायणी कला मन्दिरमा लेखक एवम् अध्येता राधा पौडेलको विद्धत प्रवचनबाट सुरु भएको साहित्यिक महोत्सवमा […]
लामो दूरीका सवारीसाधन बसपार्कबाट मात्र सञ्चालन हुने

काठमाडौँ, २९ वैशाख । काठमाडौँ भित्रिने र काठमाडौँबाट बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाइने भएको छ । आज काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको सरोकावालाको बैठकले सो निर्णय गरेको हो । ‘एक बसपार्क नीति कार्यान्वयन’ प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको महानगरको भनाइ छ । यसपछि नयाँ बसपार्क बाहेक अन्यत्र […]
गण्डकी मन्त्रिपरिषद् : जीतप्रकाश ‘ईन्ट्री’, मनाङे ‘आउट’
पोखरा, २९ वैशाख । गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शुक्रबार थप ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । थपिने मन्त्रीहरूमा नेपाली कांग्रेसका महेन्द्रध्वज जिसी, दीपेन्द्रबहादुर थापा र जीतप्रकाश आलेमगर छन् भने माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली छन् । मन्त्री बन्ने चर्चामा रहेका एकीकृत समाजवादीका दीपक मनाङे ऊर्फ राजीव गुरुङ […]
भ्रष्टाचारविरूद्ध सडकमा कवितावाचन

भरतपुर, २९ वैशाख । चितवनका कवि, कलाकार तथा सामाजिक अभियन्ताहरू भ्रष्टाचारका विरूद्ध सडकमा ओर्लिएका छन् । बिहीबार भरतपुरको चौबिसकोठीमा कविहरूले भ्रष्टाचारविरूद्धका कविता वाचन गरे । ‘भ्रष्टाचारविरूद्ध सडक कविता’ कार्यक्रममा उपस्थित कविहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरूलाई कारबाही गर्न खुट्टा नकमाउन सरकारलाई आग्रह गरेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले उच्च पदस्थहरूलाई पनि पक्राउ गरेकोप्रति […]
२०८० वैशाख २९ गते शुक्रबारको कायाकैरन दैनिक (ePaper)
विचारको उत्सव `चित्तौन कचेहेरी´ आजदेखि

भरतपुर, २९ वैशाख । चितवनमा फरक विचारको उत्सवको रूपमा ‘चित्तौन कचेहेरी’ हुँदैछ । विभिन्न ६ वटा संस्थाहरूको आयोजनामा नारायणगढको नारायणी कला मन्दिरमा आज र भोलि `चित्तौन कचेहेरी´ गर्न लागिएको हो । यो कार्यक्रम मन्थन चितवन, डबली द स्पेस, दलित युवा जागरण मन्च नेपाल, बेटर चितवन, युथ पोलिटिकल फोरम र नारायणी कला मन्दिरले संयुक्तरूपमा आयोजना गर्न […]
सूर्यभक्त-पतनादेवी पत्रकारिता पुरस्कार ४ जना पत्रकारलाई दिइँदै
कावासोती, २९ वैशाख । सूर्यभक्त-पतनादेवी पत्रकारिता पुरस्कारबाट चार जना पत्रकार पुरस्कृत हुने भएका छन् । नेपाल प्रेस युनियन नवलपुर शाखाले वितरण गर्ने सूर्यभक्त पतनादेवी रास्ट्रिय पत्रकारिता पुरस्कार चार जना पत्रकारलाई प्रदान गर्न लागिएको हो । प्रत्येक वर्ष वितरण गरिने सूर्यभक्त-पतनादेवी पत्रकारिता पुरस्कार २०७८/२०७९ बाट वरिस्ठ पत्रकार सूर्यचन्द्र बस्नेत, समिरजङ्ग साह, ईश्वर जोशी र डा भूमिराज […]