चितवनमा आज रास्वपाको चुनावी सभा

भरतपुर, ७ वैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज चितवनमा चुनावीसभा गर्ने भएको छ ।

बिहीबार दिउँसो ३ बजे चितवनको गेस्ट हाउस चौरमा चुनावीसभा आयोजना गरिएको सो पार्टीका अध्यक्ष रवि लामिछानेले जानकारी दिएका छन् ।

चुनावीसभालाई रास्वपाका चितवन–२ का उम्मेदवार लामिछाने, तनहुँ–१ का उम्मेदवार स्वर्णिम वाग्ले र बारा–२ का उम्मेदवार रमेश खरेलले सम्बोधन गर्ने कार्यक्रम छ । सभामा खास मान्छेहरू पनि आउने लामिछानेले बताए पनि उनीहरूबारे विस्तृतमा केही खुलाएका छैनन् ।

सारा राजनीतिक दल एकातिर, रास्वपा अर्कातिर भएको उल्लेख गर्दै लामिछानेले वारपारको राजनीतिक भिडन्तबारे आमनागरिकलाई केही सुनाउनु पर्ने विषय रहेकाले उपस्थित हुन आग्रह गरेका छन् ।

‘आजको सभा विशेष छ । सारा राजनीतिक दल एकातिर, रास्वपा अर्कातिर । यो वारपारको राजनीतिक भिडन्तबारे आज हामी तीनै भाइले चितवनका जनतामार्फत सिङ्गो देशलाई केही सुनाउनु छ । आजको तपाईंको उपस्थितिले अर्थ राख्छ। आज चितवनमा खास मान्छेहरु पनि आउदैछ्न्,’ रविले कार्यक्रममा आइदिन आग्रह गर्दै लेखेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट