प्रचण्डलाई स्वर्णीमको जवाफ- आफ्नै मन्त्रिमण्डललाई पूर्णता दिन नसक्नेले मन्त्री बाँड्दै हिँड्ने !

भरतपुर, ७ वैशाख । तनहुँ क्षेत्र नम्बर- १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णीम वाग्लेले आफ्नो मन्त्रिमण्डल पूरा गर्न नसक्ने प्रधानमन्त्रीले मन्त्री बाँड्दै हिँडेको आरोप लगाएका छन् । बुधबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँ क्षेत्र नम्बर – १ का नेपाली कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई निर्वाचन जिताएर पठाए आफूले मन्त्री बनाउने घोषणा गरेका थिए […]
मिस नेपाल २०२३ : को बन्ला ‘पपुलर च्वाइस’ ?

‘मिस पपुलर च्वाइस’ विधाको भोटिङ सुरु भएसँगै यस वर्षको मिस नेपालको प्रतिस्पर्धा प्रारम्भ भएको छ । द हिडन ट्रेजरका अनुसार दर्शकले २४ जना प्रतिस्पर्धीमध्ये आफूलाई मनपर्ने एकलाई मतदान गर्न सक्नेछन् । सर्वाधिक मत ल्याउने एक जनाले सिधै अन्तिम ११ अर्थात् फाइनलमा प्रवेशको मौका पाउनेछिन् । हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले दर्शकले खल्ती एपमार्फत मतदान गर्न […]
उपनिर्वाचन : मतदान स्थलमा कर्मचारी खटिए

भरतपुर, ७ वैशाख । चितवन क्षेत्र नम्बर २ मा यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदान स्थलमा कर्मचारी खटिएका छन् । ४३ स्थलका एक सय ३८ केन्द्रमा छ सय ९० कर्मचारी खटिएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी इश्वरी आचार्यका अनुसार मतदान अधिकृतलाई दुई दिनको तालिमसँगै आज मतदान केन्द्रमा खटाइएको छ । […]
उपेन्द्र यादवलाई जिताउन देउवाको आग्रह

बारा, ७ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बारा–२ मा जिताएर गठबन्धनलाई बलियो बनाउन आग्रह गरेका छन् । बारामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जसपाका अध्यक्ष तथा बारा–२ का उम्मेदवार उपेन्द्र यादवले मधेसमा राम्रो काम गरेका कारण जिताउनुपर्ने बताए । उनले गढीमाई मन्दिरलाई अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्रको रूपमा विकास […]
कलाकार शर्माको एकल चित्रकला प्रदर्शनी हुँदै

गैंडाकोट, ७ वैशाख । कलाकार भीमप्रसाद शर्माको एकल चित्रकला प्रदर्शनी हुने भएको छ । गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा किसान ग्यालरी गैंडाकोटमा वैशाख ८ गते शुक्रबार एघारौँ चित्रकला प्रदर्शनी हुन लागेको पत्रकार सम्मेलन मार्फत शर्माले जानकारी दिए । प्रदर्शनीमा कलाकार शर्माले बनाएका २७ वटा चित्रहरू प्रदर्शनीमा राखिने छन् । शर्माले यसअघि नवलपरासी, चितवन र काठमाडौँसँगै […]
चितवनमा आज रास्वपाको चुनावी सभा

भरतपुर, ७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज चितवनमा चुनावीसभा गर्ने भएको छ । बिहीबार दिउँसो ३ बजे चितवनको गेस्ट हाउस चौरमा चुनावीसभा आयोजना गरिएको सो पार्टीका अध्यक्ष रवि लामिछानेले जानकारी दिएका छन् । चुनावीसभालाई रास्वपाका चितवन–२ का उम्मेदवार लामिछाने, तनहुँ–१ का उम्मेदवार स्वर्णिम वाग्ले र बारा–२ का उम्मेदवार रमेश खरेलले सम्बोधन गर्ने […]
उपनिर्वाचनको प्रचारप्रसार गर्ने आज अन्तिम दिन

भरतपुर, ७ वैशाख । वैशाख १० गते आइतबार बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि प्रचारप्रसार गर्ने आज (बिहीबार) अन्तिम दिन हो । बिहीबार नै राति १२ बजेपछि मौन समय सुरु हुने भएकाले दलहरु बिहीबार दिनभर अन्तिम प्रचारमा जुटेका छन् । मतदान सुरू हुनु ४८ […]
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो

भरतपुर, ७ वैशाख । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई […]
पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

भरतपुर, ७ वैशाख । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखी सामान्य बदली रही देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ । विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली […]
२०८० वैशाख ७ गते बिहीबारको कायाकैरन दैनिक