युवाहरु रचनात्मक काममा लाग्नुस् : नेता खाँड

भरतपुर, ६ वैशाख ।
नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँडले युवा विद्यार्थीहरुलाई रचनात्मक काममा लाग्न आग्रह गरेका छन् । नेविसंघको ५४ औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित एक कार्यक्रममा नेविसंघका पूर्वअध्यक्ष समेत रहेका खाँडले युवा विद्यार्थीहरुले रचनात्मक काम गरे देशको विकास आफै हुने बताए ।

उनले विगतको तुलनामा युवा विद्यार्थीहरुमा सृजनशिलतामा कमी भएकोतर्फ विद्यार्थीहरुको ध्यानाकर्षण गराए । नेविसंघको इतिहासलाई कायम राख्दै संगठन बिस्तार र पार्टीको काममा लाग्नु पर्ने उनको भनाइ थियो ।

आदर्श गृह नेपाल भरतपुर महानगरपालिका वडा नम्बर ७ मा शैक्षिक सामग्री वितरण तथा बिहानीको भोजन सेवा समर्पण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय दिनेश कोइराला, डा. डिला संग्रौला, जिल्ला सभापति राजेश्वर खनाल, भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल, नेविसंघ चितवनका जिल्ला अध्यक्ष राजेश भुषाललगायतले बोलेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट