गठबन्धनको आमसभामा प्रचण्डसहित शीर्ष नेता चितवन आउँदै

भरतपुर, ६ वैशाख । चुनावी सभालाई सम्बोधन गर्न सत्ता गठबन्धन चार दलका प्रमुख नेता चितवन आउँदैछन् । वैशाख १० गते हुने उपनिर्वाचनको सन्दर्भमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जितनारायण श्रेष्ठलाई जिताउन भन्दै कार्यकर्तालाई सम्बोधन गर्न पार्टीका प्रमुख सहित मुख्य नेता पदमपुर आउन लागेका हुन् । वैशाख ७ गते बिहिवार दिउँसो ३ बजे कालिका नगरपालिका- ४ पदमपुरस्थित […]
युवाहरु रचनात्मक काममा लाग्नुस् : नेता खाँड

भरतपुर, ६ वैशाख । नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँडले युवा विद्यार्थीहरुलाई रचनात्मक काममा लाग्न आग्रह गरेका छन् । नेविसंघको ५४ औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित एक कार्यक्रममा नेविसंघका पूर्वअध्यक्ष समेत रहेका खाँडले युवा विद्यार्थीहरुले रचनात्मक काम गरे देशको विकास आफै हुने बताए । उनले विगतको तुलनामा युवा विद्यार्थीहरुमा सृजनशिलतामा कमी भएकोतर्फ विद्यार्थीहरुको ध्यानाकर्षण गराए […]
लोकतन्त्रका पक्षधरलाई जिताउनु पर्छ : सिंह

भरतपुर, ६ वैशाख । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको पक्षधरलाई विजयी गराउनु पर्ने बताएका छन् । वैशाख १० गते हुने उपनिर्वाचन केन्द्रित घरदैलो तथा कोणसभामा सहभागी हुँदै उनले संविधानको रक्षा र लोकतन्त्रका पक्षधरलाई निर्वाचनमा जिताउनु पर्ने बताएका हुन् । भरतपुर महानगरपालिका वडा नम्बर ७ र ५ का विकास चोक, वंशी चोक, समी चोक, आनन्दपुर […]
मीना दिदीसामु भक्कानिए बालिका

वैशाख ६ भरतपुर असहाय महिला तथा बालबालिका पुनस्र्थापना केन्द्र आदर्श गृह नेपालले स्थापनाको १५ औं वर्ष पूरा गरेको अवसरमा संस्थामा संरक्षित ४ जना महिला तथा बालिकाहरुलाई पारिवारिक पुनर्मिलन गराइएको छ । विभिन्न घटनामा परी अति जोखिम अवस्थामा हिंसा भोग्न बाध्य पारिएकाहरुको उद्धार र न्यायपश्चात उनीहरुलाई आत्मनिर्भर बनाई परिवारको जिम्मा लगाइएको हो । भरतपुर महानगरपालिकाका उपप्रमुख […]
एनआरएनएले उठाउनुपर्ने मुद्दा र मेरो उम्मेदवारी

जन्मभूमि छोडेर समुद्रपारि आउने रहर कसैलाई हुँदैन । घुम्न आउने रहर त हुन्छ । तर, आफ्नो देश छोडेर धेरै पर आएर दश नङ्ग्रा खियाउने रहर हुँदैन । तन, मन र मस्तिष्कमा जन्मभूमि नेपाल बोकेर विविध कारणवश परदेशिएका हामी नेपाली यहाँ हरक्षण मातृभूमि सम्झिरहेका हुन्छौँ । नेपालबाट ९ वर्षअघि क्यानडा आएपछि म आफ्नो नियमित काम र […]
२०८० वैशाख ६ गते बुधबारको कायाकैरन दैनिक (ePaper)
प्रधानमन्त्री प्रचण्ड गोरखा र तनहुँ जाँदै

भरतपुर, ६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा र तनहुँ जिल्ला जाँदै छन् । उनी बिहान नौ बजे त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । प्रतिनिधि सभामा गोरखाबाट निर्वाचित प्रचण्ड त्यहाँका विभिन्न कार्यक्रममा सहभागी हुने र त्यसपछि तनहुँ जाने कार्यक्रम छ । तनहुँमा उपनिर्वाचनका कार्यक्रम लगायतमा उनी सहभागी हुनेछन् । उनी आज नै काठमाडौं […]