एनआरएनएले उठाउनुपर्ने मुद्दा र मेरो उम्मेदवारी

जन्मभूमि छोडेर समुद्रपारि आउने रहर कसैलाई हुँदैन । घुम्न आउने रहर त हुन्छ । तर, आफ्नो देश छोडेर धेरै पर आएर दश नङ्ग्रा खियाउने रहर हुँदैन । तन, मन र मस्तिष्कमा जन्मभूमि नेपाल बोकेर विविध कारणवश परदेशिएका हामी नेपाली यहाँ हरक्षण मातृभूमि सम्झिरहेका हुन्छौँ ।

नेपालबाट ९ वर्षअघि क्यानडा आएपछि म आफ्नो नियमित काम र व्यवसायसँगै नेपाली समाजसँग नियमित सम्पर्कमा छु । जोसुकै नेपालीलाई भेटे पनि उनीहरू मातृभूमिप्रतिको अगाथ प्रेम र सम्मानले भरिपूर्ण पाउँछु । नेपाली संस्कार, संस्कृति, भाषाप्रति उनीहरूको स्नेह बराबर पाउँछु । यहाँ रहँदा नेपालीहरूका हरेक समस्या समाधान गर्न लागिपरेको छु ।

पढ्न, व्यवसाय गर्न वा काम गर्न बाध्यतावश बाहिरिएका सारा नेपालीहरूलाई एकतावद्धरुपमा जोड्ने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्थापना गरिएको थियो । यसको आर्थिक, सामाजिक अनियमितता र निष्पक्ष छविको विषयमा समय–समयमा प्रश्न उठ्ने गरेको विगतको तीतो अनुभव हाम्रा सामु विद्यमान छ । तर, पनि हामी नेपाली नेपालीबीच भ्रातृत्व, मेलमिलाप र सहकार्य गर्ने एक जीवन्त संस्था हो एनआरएनए ।

नेपालको संविधान २०७२ ले राजनैतिक अधिकार नदिएका एनआरएनहरू नेपालकै राजनैतिक कित्तामा बाँडिएर सोही फोहोरी राजनीति विदेशमा गर्नु हँुदैन भन्ने मान्यता एनआरएनएको हुनुपर्दछ ।

एनआरएनएले नेपालीलाई एकताबद्ध गरी एकले अर्कालाई विश्वास गर्ने र यथाशक्य सहयोग गर्ने वातावरण बनाउने हो भने मात्रै यसको प्रतिष्ठा उचो रहने मलाई विश्वास छ ।

क्यानडाको परिवेशमा नेपालीको संख्यात्मक वृद्धि रहरलाग्दो छ । पछिल्लो समय वर्षेनि हजारौँ नेपाली आप्रवासी वा विद्यार्थीको रूपमा क्यानडा आउने क्रम बढ्दो छ । कहिले कोठाको समस्या त कहिले जागिरको, नवआगन्तुक सबै नेपालीहरूका साझा समस्या हुन् ।

तसर्थ एनआरएनए क्यानडाले समुदायमा आफ्नो भूमिका अझै सशक्त बनाएर लानुपर्ने देखिन्छ । व्यक्तिगतरूपमा सबै नेपालीका समस्या समाधान गर्न म लागिरहेकै छु । साथीहरूलाई पनि समस्या समाधानका लागि सक्रिय बनाउन विभिन्न भूमिका निर्वाह गरिरहेकै छु । गर्दागर्दै पनि कैयौँ समस्याहरू व्यक्तिगत बलबुताले समाधान गर्न नसकिँदा असाध्यै पीडा हुन्छ ।

समुदायमा मेरो पेशाले पनि म हरेक दिन नवआगन्तुक नेपालीसँग निरन्तर ठोक्किरहेको हुन्छु । उनीहरूमाथि भाडामा भएको शोषण, असहयोग, आर्थिक तथा सामाजिक समस्या सुन्दा मन भरिएर आउँछ । सकेसम्म सहयोगको प्रयास पनि गरिरहेको छु । यहाँ सामान्यदेखि उच्च तहको प्रोफाइलमा पुगेका नेपालीहरू कैयौँ हुनुहुन्छ । सयौँ संघसंस्था पनि छन् । तर, ती संस्था वा व्यक्तिहरूको पहल कमजोर भएको अनुभूति हुने गरेको छ । यस्तो बेलामा पनि एनआरएनए जस्तो सारा नेपालीलाई समेट्न सक्ने संस्थाको जरुरत हुन्छ । म यस्ता काममा एनआरएनए अझै सक्रिय भएर लाग्नुपर्ने देख्छु ।

एक नेपालीलाई अर्को नेपालीसँग जोड्ने भनेको हाम्रो संस्कृति, परम्परा र भाषाले हो । विश्वका जुनसुकै कुनामा गए पनि नेपालीको भाषा र संस्कृति असाध्यै प्यारो हुन्छ । हाम्रो कला, हाम्रो गीत–संगीत, परम्परा अमूल्य निधि हुन् । विश्वका अरू सबै देशका तुलनामा हाम्रो देशका सभ्यता, कला, संस्कृति, संगीत र भाषा कमजोर छैन । यसलाई हामीले विश्वमाझ चिनाउन सक्नुपर्छ । त्यसले हाम्रो सर्वाङ्गीण विकासमा सघाउँछ । हाम्रो कला संस्कृतिप्रति अगाध स्नेह बढाउँदै पुरानोदेखि नयाँ पिढिँलाई यसमा आबद्ध गराउन पाए हुन्थ्यो भनेर पन्चेबाजा, भजन र लोकगीतको नियमित प्रस्तुति दिने समूह निर्माणमा म प्रयासरत छु ।

सानैदेखि अरूलाई सहयोग गर्ने, अरूको खुसीमा आनन्द महसुस गर्ने र सकेसम्म आप्mनो कारणले अरूलाई नराम्रो नहोस् भन्ने वातावरणमा हुर्किएकोले पनि हुन सक्छ अथवा पेशागतरूपमा दैनिकजसो नवआगन्तुक नेपलीसँग जोडिँदा उनीहरूका गुनासा र समस्या सुन्दा एनआरएनएको छाताभित्र गएर उनीहरूलाई सहयोग गर्ने भावनाले उत््रपेरित गरेको छ ।

नेपालको बिग्रिएको राजनीतिले वाक्क हामीलाई यो परदेशमा त्योभन्दा माथि ‘हामी नेपाली एक’ भन्ने भावनात्मक एकतामा जोड्न मन लागेको छ । स्वदेश फर्किऔँ र यहाँका सीप तथा स्रोतको प्रयोग त्यहीँ गरौँ भन्ने भावना सबै नेपालीमा छ । सबै चाहन्छन्– ‘नेपालमा सुशासन होेस्, देश समुन्नत र समृद्ध बनोस्, सामाजिक सुरक्षा बलियो होेस् ।’

यदि त्यसो भएमा सबै आफ्नै देश फर्किन चाहन्छन् । एनआरएनएको भूमिका अब देश सुधारतर्फ पनि हुनुपर्छ ।
असल भावनाले नेपालीको हित र नेपालको शिर उचो राख्नका लागि केही काम गर्न जाँगर बढेको छ । नेपालीको संस्कृति र परम्परा जीवित राखी नेपालीबीच एकता र सहयोग अक्षुण राखी एनआरएनएप्रतिको विश्वास बढाउने प्रयास गर्न मन लागेको छ । निरन्तर सामाजिक सेवा र एनआरएनएको विकासमा लागिरहनुभएका अग्रजप्रति मेरो सम्मान छ । मेरो सदीक्षा, जोश र उत्प्रेरणामा अग्रज, समकक्षी र अनुज सबै प्रियजनको साथ र सहयोगको अपेक्षासहित आगामी निर्वाचनमा एनआरएनए क्यानडाको ब्राम्टन क्षेत्रवाट उम्मेदवारी दिन लागेको छु ।

आगामी दुई वर्षका लागि जुलाइ २६ मा हुन लागेको यस निर्वाचनबाट सशक्त कमिटी निर्वाचित गर्नका लागि एनआरएनए क्यानडाले सदस्यता नवीकरण खुला गरेको छ । आफन्त तथा नजिकका साथीभाइहरूको सदस्यता नवीकरण गरी चुस्त–दुरुस्त कमिटी गठन गर्न सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

पुनश्च : यदि यहाँहरू कसैलाई नवीकरण गर्दा केही समस्या देखिएमा तलको नम्बरमा सम्पर्क गर्नुहोला । हामी यहाँहरूलाई पायक पर्ने ठाउँमा आएर सहयोग गर्नेछौँ ।

एनआरएन क्यानाडाको सदस्यताका लागि तलको लिंकमा जानुहुन अनुरोध गर्दछु । https://www.nrnacanada.org/membership…/membership-levels/

यहॉहरूको जिज्ञासा र सुझावका लागि मेरो सम्पर्क नम्वर रहेको छ । 647-704-6885

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट