महालक्ष्मी लाइफद्वारा महिला सशक्तीकरण तालिम

गैंडाकोट, २ फागुन ।
महालक्ष्मी लाईफ ईन्स्योरेन्सले गैंडाकोटका झण्डै २०० महिलालाई महिला सशक्तीकरण तालिम एवं अन्तरक्रिया कार्यक्रम सहित आर्थिकरुपमा सम्पन्न बनाउने उपायबारेको तालिम प्रदान गरेको छ । पुस ४ गतेदेखि गरिएको कार्यक्रममा देशैभरका महिलालाई रोजगारीमा जोडेर समृद्ध बनाउन महालक्ष्मीले `महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ´ कार्यक्रम अगाडी बढाएको हो । सोमबार गैंडाकोट नगरपालिका वडा नम्बर ५ को कार्यालय तथा महालक्ष्मी लाईफ ईन्स्योरेन्स कम्पनीको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

गैंडाकोटनगर उपप्रमुख शान्ति कोइराला प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि कोइरालाले महिलाहरूलाई जागरूक र सुसुचित बनाउने यस्ता कार्यक्रमले स्वरोजगार हुन र आयआर्जन गर्न प्रेरित गर्ने बताइन् । महिला घरमा मात्रै सिमित नभै संघसंस्था, समूह, सहकारी, राजनीतिलगायत सामाजिक क्षेत्रमा घुलमिल हुन जरुरी रहेको उनले बताइन् ।

कार्यक्रममा वडाध्यक्ष रत्नप्रसाद सापकोटा, ज्ञानप्रसाद खनाल, महालक्ष्मी लाइफका बजार प्रमुख प्रशान्तराज धमला, वाग्मती प्रदेश प्रमुख रामप्रसाद भुसाल, नारायणगढ शाखा प्रमुख राजु थापालगायतअतिथिहरुले कार्यक्रमको बारेमा बोलेका थिए ।

महिलानेतृ शारदा ढकालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको संयोजन कार्यपालिका सदस्य एवं महिलानेतृ शान्ति न्यौपानेले गरेकी थिइन् । न्यौपानेले कार्यक्रमको बिषयमा बोल्दै पछिल्लो समयमा आर्थिक, मानसिक र व्यावहारिक अवस्थालाई मध्यनजर गर्दै महालक्ष्मी लाइफले आधाभन्दा बढी आकाश ढाकेका महिलाहरुलाई आर्थिकरुपमा अगाडि उठाउन कार्यक्रमको आयोजना गरेकोमा खुशी व्यक्त गरिन् । सरकारले गर्नु पर्ने कार्यलाई महालक्ष्मीले सामाजिक उतरदायित्व अन्तरगत अगाडी बढाएकोमा पनि न्यौपानेले धन्यवाद दिइन् । कार्यक्रम समाजसेवी गोविन्द घिमिरेको सहजीकरणमा सम्पन्न भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट