इनरव्हील क्लवको स्थापना दिवस सौराहामा

रत्ननगर, २६ पुस ।
सामाजिक क्षेत्रमा क्रियाशील महिलाहरुको क्लव इन्टरनेशनल इनरव्हील डिष्ट्रीक्ट ३५० ले क्लवको स्थापना दिवस मनाएको छ । चितवनको पर्यटकीय नगरी सौराहामा एक औपचारिक कार्यक्रमको आयोजना गरी ९९औं स्थापना दिवस मनाइएको हो । महिलालाई सक्षम बनाउने र बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले आफ्ना गतिविधि अगाडि बढाउँदै आएको सो क्लबले गरेका कामको प्रभावकारिता र आगामी कार्ययोजनाको विषयमा छलफल गरी स्थापना दिवस मनाएको हो ।

डिष्ट्रीक्टको आयोजना र इनरव्हील क्लब अफ भरतपुर, इनरव्हील क्लब अफ नारायणी, इनरव्हील क्लब अफ भरततपुर सिटी र इनरव्हील क्लब अफ भरतपुर डिभाइनको सहआयोजनामा कार्यक्रम गरिएको हो ।
क्लवको स्थापना दिवसको अवसरमा क्लवमा आबद्ध महिलाहरुबीच आत्मियता साटासाट, गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा इन्टरनेशनल इनरव्हील डिष्ट्रीक्टकी अध्यक्ष सीमा झाले इनरव्हील क्लव नेपालका महिलाहरुको सबैभन्दा ठूलो संस्था भएको बताइन् । आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई सक्षम बनाएर आत्मनिर्भर बनाउने र आर्थिक अभावका कारण शिक्षाबाट बन्चित बालबालिकालाई शिक्षा प्रदान गर्ने क्लवको मुख्य उद्देश्य रहेको बताइन् ।

कार्यक्रममा अधिवक्ता फूलमाया रानाभाटले महिला सशक्तिकरण, आयआर्जन र सीप विकासका बारेमा प्रकाश पारेकी थिइन् । इनरव्हील क्लव अफ मिडटाउन पोखराकी पूर्वअध्यक्ष पार्वती पाण्डेले विश्वका १०७ वटा देशमा रहेको इनरव्हील क्लव नेपालमा ३५ वटा जिल्लामा रहेको बताइन् ।

कार्यक्रममा इन्टरनेशनल इनरव्हील डिष्ट्रीक्टकी राष्ट्रिय प्रतिनिधि कमलप्रभा खरेल, इनरव्हील क्लव अफ बुटवलकी पूर्वअध्यक्ष सरस्वती श्रेष्ठ, इन्टरनेशनल इनरव्हील डिष्ट्रीक्टकी निर्वतमान अध्यक्ष ज्ञानु श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा ३०० जना महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट