इनरव्हील क्लवको स्थापना दिवस सौराहामा

रत्ननगर, २६ पुस । सामाजिक क्षेत्रमा क्रियाशील महिलाहरुको क्लव इन्टरनेशनल इनरव्हील डिष्ट्रीक्ट ३५० ले क्लवको स्थापना दिवस मनाएको छ । चितवनको पर्यटकीय नगरी सौराहामा एक औपचारिक कार्यक्रमको आयोजना गरी ९९औं स्थापना दिवस मनाइएको हो । महिलालाई सक्षम बनाउने र बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले आफ्ना गतिविधि अगाडि बढाउँदै आएको सो क्लबले गरेका कामको प्रभावकारिता र […]

रत्ननगरका २५ महिलालाई व्यवसायिक बाख्रापालन तालिम

रत्ननगर, २६ पुस । रत्ननगरका २५ जना महिलाहरुलाई व्यवसायिक बाख्रापालन तालिम प्रदान गरिएको छ । युएसएडको आर्थिक सहयोगमा एडवान नेपालले स्थानीय सरकारसँगको समन्वयमा सुरु गरेको कोसिस परियोजनाले वडा नम्बर १६ का २५ जना विपन्न तथा सिमान्तकृत महिलाहरुलाई तालिम प्रदान गरेको हो । तालिमको एक समारोह बीच मंगलबार समापन गरिएको छ । समापन समारोहका प्रमुख अतिथि […]

भरतपुरमा फोहोर व्यवस्थापनको अवस्था

विगत ३/४ वर्ष यता वातावरण क्षेत्रमा काम गर्दै आएको र वातावरणको विद्यार्थीको नाताले पनि फोहोरको विषय मेरो लागि निकै नै महत्वपूर्ण र संवेदनशील विषय हो । चितवनको बासिन्दा र सचेत नागरिक भएकाले चितवनको हरेक गतिविधि चासो हुनु स्वभाविक पनि हो । चितवनको महानगर भरतपुर र यहाँकै बासिन्दा हुँदा आफू‌ले उत्पादन गरेको फोहोर महानगरलाई पठाउदा कता […]

देवचुलीमा बाल अधिकार तथा क्षमता अभिवृद्धि तालिम

देवचुली, २६ पुस । देवचुली नगरपालिकामा बाल अधिकार समूहका लागि बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । इन्सेक गण्डकी प्रदेशको आयोजनामा देवचुली नगरपालिकाको भीमसेन आदर्श मावि र कालिका माविका बाल अधिकार समूहका सदस्यहरुलाई दुई दिनको तालिम भीमसेन आदर्श माविको सभाहलमा सुरु गरिएको हो । दुई दिनसम्म बाल अधिकार र बाल संरक्षण, […]

एकीकृत समाजवादीको महासचिव बन्दै घनश्याम भुसाल

काठमाडौँ, २६ पुस । नेकपा एमाले छाडेर गत चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने भएका छन् । पार्टी प्रवेशका लागि भुसालले समाजवादी पार्टीलाई ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ पठाएका छन् । प्रस्तावमा उनले अनौपचारिक छलफलमा नेकपा (एकीकृत समाजवादी) का सबैजसो नेता/कार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा […]

सरकारी शुल्कमा निजी अस्पतालमा क्यान्सर उपचार

भरतपुर, २६ पुस । चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटले सरकारी अस्पतालमा लिइने शुल्कमा नै क्यान्सरको उपचार सुुरु गरेको छ । अस्पतालले सरकारले विपन्नका लागि तय गरेको सरकारी शुल्कमा नै उपचार सेवा दिएको हो । इन्स्टिच्युटका प्रमुख डा सुवास ठाकुरका अनुसार रक्त क्यान्सरबाहेक सम्पूर्ण क्यान्सरको उपचार सुरु गरिएको छ । अस्पतालमा ब्राकी थेरापी, […]

विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल

काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने कार्यतालिका छ । नेपालको संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपतिबाट नियुक्त प्रधानमन्त्रीले नियुक्ति लिएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । १० पुसमा प्रधानमन्त्रीको नियुक्ति बुझेका प्रचण्डले ११ पुसमा शपथ […]