भरतपुर,१९ मंसिर ।
भरतपुर महानगरपालिकाले सोमबारबाट २९ बटै वडामा मेलमिलाप सम्बन्धी स्थलगत अनुगमन कार्य शुरु गरेको छ ।
समाजमा हुने गरेका हरेक घटनाहरुलाइ मेलमिलाप पद्धतिबाट न्यायीक निरोपण गर्नुपर्ने भएकोले उक्त स्थलगत अनुगमन कार्य शुरु गरेको भरतपुर महानगरपालिकाले जनाएको छ ।
भरतपुर महानगरका उपप्रमुख तथा न्यायीक समिति सयोजक चित्रसेन अधिकारीको नेतृत्वमा न्यायीक समितिका सदस्यहरु, कानुनी सल्लाहकार, मेलमिलाप संयोजक र कानुनी मामिला शाखाका सदस्यहरुको उपस्थितिमा आइतबार वडा न १,२,३ र ४ मा पुगि ति वडाहरुमा भएका मेलमिलाप सम्बन्धिका कार्यहरुको बारेमा स्थलगत अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा आ आफ्नो वडामा रहेको जनताको घरदैलो सरकारलाई निश्पक्ष, पारदर्शी, जनतामुखी र सेवा प्रबाहमा चुस्त दुरुस्त बनाउन पनि वडा सचिबहरुलाइ उपप्रमुख अधिकारीले निर्देशन दिए । वडाहरुबाट अब छिट्टै नै महानगरले तोकेको ढाचामा मेलमिलापकर्ताहरुको विवरण आउछ उपप्रमुखले भने, ‘अब प्रत्येक वडा वडामा मेलमिलाप समिति बन्छ र वडा तहबाट हुने न्यायीक मेलमिलाप सम्बन्धि नागरिकका काम सम्पन्न हुने छन ।’ अनुगमनका क्रममा मेलमिलाप पद्धतिबाट न्यायीक निरोपण कार्यको स्थलगत अनुगमन तथा मेलमिलाप कर्ताहरुलाइ निर्देशन एव मेलमिलापकर्ताहरुको विवरण अध्याबधिक पनि गरिएको छ ।
महानगरले सबै वडाहरुलाइ मसिर २५ गते सम्म मेलमिलापकर्ता चयन गरि महानगरको न्यायीक समितिमा ल्याउन अनुरोध गरिसकेको छ ।





