घरबनाइदिने प्रलोभनमा गरिब परिवारको लाखौँ ठगी

लुम्बिनी, १९, मङ्सिर । रूपन्देहीको लुम्बिनी र मर्चवार क्षेत्रमा केही गरिब परिवार योजनाबद्ध तरिकाले ठगिएका छन् । ‘गरिब निर्माण सहयोगदाता’ नामक एक गैरसरकारी संस्थाको नाममा सक्रिय एक समूहको प्रलोभनमा परी उनीहरू ठगिएका हुन् । त्यही समूहको प्रलोभनमा परेका ८० वर्षीय मंहगु हरिजनको जस्तापाताले छाएको घरमा बस्ने योजना पूरा हुन सकेको छैन । ज्येष्ठ नागरिक भत्ता […]

मेलमिलाप सम्बन्धी स्थलगत अनुगमन कार्य शुरु

भरतपुर,१९ मंसिर । भरतपुर महानगरपालिकाले सोमबारबाट २९ बटै वडामा मेलमिलाप सम्बन्धी स्थलगत अनुगमन कार्य शुरु गरेको छ । समाजमा हुने गरेका हरेक घटनाहरुलाइ मेलमिलाप पद्धतिबाट न्यायीक निरोपण गर्नुपर्ने भएकोले उक्त स्थलगत अनुगमन कार्य शुरु गरेको भरतपुर महानगरपालिकाले जनाएको छ । भरतपुर महानगरका उपप्रमुख तथा न्यायीक समिति सयोजक चित्रसेन अधिकारीको नेतृत्वमा न्यायीक समितिका सदस्यहरु, कानुनी सल्लाहकार, […]

नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो

नयाँ दिल्ली, १९ मङ्सिर । नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । यहाँ आइतबार गरिएको मापनमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको हो । यहाँको प्रदुषण गम्भीर तहमा पुगेको पाइएपछि कतिपय निर्माणका कार्य, जलाउने या ध्वंस गर्ने कार्य तथा सडकमा भ्याकुम क्लिनरले सफा गर्ने काममा प्रतिबन्ध लगाइएको बताइएको […]

नारायणी नदी तटबन्धको काम थालिएपछि स्थानीय खुसी

चितवन, १९ मङ्सिर । भरतपुर महानगरपालिका– १७ गाजीपुरका ८२ वर्षीय नान्जेल तामाङ्को बर्षातका धेरै दिन नसुतिकनै बित्छ । घर नजिकै नारायणी नदी सुसाएसँगै बगाउँछ की भन्ने डरले रातको समयमा बाहिर आएर हेर्दैमा उहाँको रात बित्छ । धेरै पटक केटाकेटी बोकेर छिमेकीकोमा आश्रय लिएको पीडा उहाँसँग ताजै छ । लमजुङ्को फुलिङ्गिरीबाट बसाइँ सरेर धेरै पहिला त्यहाँ […]

गठबन्धनका शीर्ष नेताको बैठक सुरु

काठमाडौँ, १९ मङ्सिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछिको अवस्थाबारे छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ । बैठकमा निर्वाचन परिणाम र नयाँ सरकार गठनबारेमा समेत छलफल हुने बताइएको छ । पाँच दलीय गठबन्धनमा हाल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय […]

सुकुम्बासी बस्तीमा पुगेर सांसद जोशीले भने: आत्तिनु पर्दैन, लालपुर्जा पाउनुहुन्छ

चितवन,१९ मंसिर । नवनिर्वाचित प्रदेश सांसद उत्तम जोशीले भूमिहिन सुकुमबासीहरुलाई भेटेका छन् । जोशीले भरतपुर महानगरपालिका ४, ५, ११ र १२ का भूमिहिन सुकुमबासीहरुलाई बस्तीमै पुगेर भेटेका हुन् । काठमाडौंमा सुकुम्बासी बस्ती उठाउन खोजेको खबरपछि त्रसित यहाँका भूमिहिन सुकुमबासीहरुहरुलाई भेटेर उनले लालपुर्जा पाउनेमा निश्चिन्त हुन आग्रह गरे । उनले यहाँ काठमाडौंको जस्तो अवस्थामा नआउनेमा ढुक्क […]

प्रत्यक्षतर्फ प्रदेशसभा: ३३० मा कांग्रेस १११ स्थानसहित पहिलो

काठमाडौँ, १९ मङ्सिर । सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ । मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ । कर्णाली प्रदेशमा […]

एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

कुश्मा, १९ मङ्सिर । वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरुका लागि बनाइएका डेस्क–बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन् । विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ […]

माडी नगरपालिकाद्धारा विद्यार्थीलाई निःशुल्क यातायात सेवा

चितवन,१९ मंसिर । जिल्लाको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा सुरुआत गरेको छ । कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पु¥याउन निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेसँगै यसलाई कार्यान्वयनमा ल्याइएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालका अनुसार नगरपालिकाभित्र बसोबास गरेर उच्च शिक्षा हासिल गर्ने […]