सुकुम्बासी बस्तीमा पुगेर सांसद जोशीले भने: आत्तिनु पर्दैन, लालपुर्जा पाउनुहुन्छ

चितवन,१९ मंसिर ।

नवनिर्वाचित प्रदेश सांसद उत्तम जोशीले भूमिहिन सुकुमबासीहरुलाई भेटेका छन् ।

जोशीले भरतपुर महानगरपालिका ४, ५, ११ र १२ का भूमिहिन सुकुमबासीहरुलाई बस्तीमै पुगेर भेटेका हुन् । काठमाडौंमा सुकुम्बासी बस्ती उठाउन खोजेको खबरपछि त्रसित यहाँका भूमिहिन सुकुमबासीहरुहरुलाई भेटेर उनले लालपुर्जा पाउनेमा निश्चिन्त हुन आग्रह गरे ।

उनले यहाँ काठमाडौंको जस्तो अवस्थामा नआउनेमा ढुक्क हुन पनि आग्रह गरे । ‘काठमाडौंमा सुकुम्बासी बस्ती उठाउन खोजेको खबरले यहाँका सुकुम्बासीहरु पनि त्रसित हुनुहुन्छ । काठमाडौं र यहाँको अवस्था फरक छ । यहाँ पनि उठाउछन् भन्ने हल्ला मात्रै हो । कोही डराउनुपर्दैन । आत्तिनु पर्दैन, ढुक्क हुनुहोस्, लालपुर्जा पाउनुहुन्छु’, उनले भने ।

उनले सबै भूमिहिन सुकुमबासीहरुहरुको हातमा जग्गा धनी पुर्जा पुराउने प्रतिवद्धता जनाए । भूमिहीन र अव्यवस्थित बसोबासीका लागि लालपुर्जालाई केबल चुनावी एजेण्डामा मात्रै सीमित हुन नदिने उनको भनाइ थियो ।

उनले सुकुम्बासी बस्तीमा बिभिन्न सिपमुलक तालिम ल्याएर रोजगारीको अवस्था सृजना गर्ने प्रतिवद्धता पनि जनाए । यस्तै सुकुम्बासी बस्तीमा छिट्ठै स्वास्थ्य शिविर राख्ने पनि बताए । आफू जनताको समय समाधानकै लागि सांसद बनेको भन्दै आफ्नो काम कर्तव्यबाट कहिल्यै पछि नहट्ने उनको भनाइ थियो ।

यसैबीच सांसद जोशीले वर्षौंदेखि अलपत्र रहेको भरतपुर ५ र ६ को सिमाना वुद्धचोकदेखि पश्चिमतर्फको बाटोको निरीक्षण गरेका छन् । ६१० मिटरको उक्त सडकमा कालोपत्रेको काम दुई वर्षदेखि अलपत्र छ ।

जोशीले स्थानीय उपभोक्ता समितिहरुसँग उक्त सडकको बिषयमा जानकारी लिनुका साथै छलफल पनि गरेका छन् । छलफलपछि उनले यथाशिघ्र काम अघि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् । कुनै पनि बाहानामा जनतालाई दुस्ख दिने काम आफूलाई मान्य नहुने उनको भनाइ थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट