राप्तीका मेयर लामाद्वारा दशैँ अगावै लालपुर्जा बाँड्ने प्रतिबद्धता

राप्ती, ९ असार ।
राप्ती नगरपालिकाका मेयर शमशेर लामा दशैँ अगावै लालपुर्जा बाँड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिहीबार राप्ती- ११ मा जग्गाको निस्सा वितरण कार्यक्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

आजबाट राप्तीले भूमिहिन तथा सुकुम्बासी परिवारलाई पहिचान गरी जग्गाको निस्सा वितरण सुरु गरेको छ । राप्ती ११ डुम्रेखाडीवाट जग्गाको निस्सा वितरण राप्ती नगर प्रमुख लामाले गरेका हुन् ।

“पहाडी र तल क्षेत्रको जनतालाइ सहज हुनेगरी मध्यम स्थलको खोजी गर्दा राप्ती ११ परेर यहाँबाट निस्सा वितरण सुरु गरिएको हो ।” लामाले भने “कुनै राजनैतिक हिसाबले नहेरी वितरण गरिएको छ । दशैँ अगावै लालपुर्जा बाढ्नेछौँ ।” जग्गाको निस्सा वितरण भएकोले लागी ढुक्क भएर बस्न पनि उनले अनुरोध गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट