ड्रोन भिडियोमा हेर्नुहोस् आँबुखैरेनीमा भासिएको सडक

आँबुखैरेनी, २७ जेठ
पृथ्वी राजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा आँबुखैरेनी गाउँपालिका-४ ड्यामसाइड नजिकै भासिएको ठाउँमा पहरो काटेर अवरूद्ध पृथ्वी राजमार्ग खुलाउने तयारी भइरहेको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार सडक विभागका इन्जिनियरहरूले पहरो काट्दा एक–डेढ मिटर चौडा बाटो बन्न सक्ने बताएपछि अहिले डोजरले काम गरिरहेको छ ।

साँझसम्म साना गाडीहरू पास गराउने अपेक्षा गरिएको छ । त्यहाँ शुक्रबार बिहान सडक भासिएको थियो। सडक भासिएको ठाउँमा एउटा निजी कार र दुई जनाको शव फेला परेको छ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार कारसँगै गोरखाका केशव घिमिरेको शव भेटिएको हो ।

गोरखाको सिरानचोक गाउँपालिका छोप्राक स्थायी घर भई हाल आँबुखैरेनी गाउँपालिका–२ मा बस्दै आएका ३५ वर्षीय घिमिरेको शव भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान सडक भासिएको स्थानबाट तल दुई वटा शव र कार भेटिएको थियो । एउटा शवको भने पहिचान भएको छैन ।

सोही ठाउँमा एउटा मोटरसाइकल पनि खसेको र चालक सकुशल रहेको पनि बताइएको छ । सडक पूर्णरूपमा भासिएकाले अहिले दुवैतर्फ सयौँ सवारी साधनसहित यात्रुहरू अलपत्र परेका छन् ।

सडक भासिएको ठाउँमा आँबुखैरेनीका स्थानीय चिराग रिजालले ड्रोन भिडियो खिचेका छन् । त्यसमा भासिएको सडक र त्यसमा परी ज्यान गुमाएकाको शब कारको टुक्रासँगै देखिन्छ ।

फोटो/भिडियोः चिराग रिजाल

हेर्नुस् भडियो :

← Back

Thank you for your response. ✨

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट